पु.समाचार

बानेश्वरमा पसल खोलेका व्यापारीलाई प्रहरी निरीक्षकको टोलीले बल प्रयोग गरी गरायो बन्द

२२ जेठ, काठमाडौं । नयाँ बानेश्वरका व्यापारीहरुले बिहानै पसल  खोल्न शुरु गरे तर बानेश्वरको प्रहरी आएर तत्काल बन्द गर्न लगायो । स्थानीय ब्यापारीहरुले पसल बन्द गर्नु बाँध्यता भएको बताए पनि उक्त बाध्यता आफूहरुले बुझेपनि माथीको आदेशमा पसल बन्द गर्न प्रहरी निरीक्षकको टोली आफैं आएर लगायो ।

बुधबार राष्ट्रिय उद्योग व्यापार संघले काठमाडौंका पसलहरुखोल्ने निर्णय गररेकोथियो त्यही अनुसार काठमाडौंका बिभिन्न स्थानमा पसलहरु खुलुको समाचार आईरहेको छ । सरकारले जेठ ३२गतेसम्म लकडाउन कायम राखेको भएपनि भ्याट लगायतका कर तिर्न भन्दै २५ जेठको म्याद दिएको थियो ।

उक्त म्याद भने ब्यापक जनदबाबका कारण असार ७ सम्मका लागि सारिएको छ । असार ७ मा सारिएपनि हिसावकिताव राख्न, रकम संकलन गर्न ब्यावशाय खोल्नुपर्ने ब्यावशायीको बाध्यता भएको उनीहरुले बताईरहेका छन् ।

व्यापारीको माग भने कर तिर्नका लागि व्यावशाय संचालन हुनुपर्छ भन्ने हो उक्त माग सहि भएको नागरिकहरुको पनि तर्क छ ।