राजनीति

जातीयतामा देश विभाजित गर्ने / विदेशीलाई नागरिकता दिने कुरा राष्ट्रहित बिपरितः डा रावल

२२ जेठ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले जातीय आधारमा देश विभाजित गर्ने र विदेशीलाई सहजै नागरिकता दिने कुरा राष्टहित बिपरित भएको बताएका छन् ।

सामाजिक सञ्जाल माफर्त नेकपा सुदुरपस्चिम संयोजक समेत रहेका नेता रावलले जनाताबाट अस्वीकृत पुरानै कुरा उठाउनु राष्ट्रहित विपरीत भएको बताएका हुन् ।

नेता रावलले जातीय आधारमा देश विभाजित गर्ने, विदेशीले सहजै नागरिकता पाउने जस्ता नेपाललाई कमजोर पार्ने विषय कतिपयले संविधानसभा र आम निर्वाचनमा उठाउदा अस्वीकृत भईसकेको कुरा भएको स्मरण गरेका छन् ।

उनले देशको अखण्डताको रक्षार्थ नयाँ नक्शा राखेर निशान छापमा संशोधनको कुरा गर्दा जनताबाट अस्वीकृत पुरानै कुरा उठाउनु राष्ट्रहित विपरीत भएको धारणा व्यक्त गरेका छन् ।

 

उनको ट्वीटः जातीय आधारमा देश विभाजित गर्ने,विदेशीले सहजै नागरिकता पाउने जस्ता नेपाललाई कमजोर पार्ने विषय कतिपयले संविधानसभा र आम निर्वाचनमा उठाउदा अस्वीकृत भए । देशको अखण्डताको रक्षार्थ नयाँ नक्शा राखेर निशान छापमा संशोधनको कुरा गर्दा जनताबाट अस्वीकृत पुरानै कुरा उठाउनु राष्ट्रहित विपरीत छ ।