राजनीति

नेता पौडेलको आह्वानः अवसरवादी/प्रतिक्रियावादी विरुद्द सशक्त आन्दोलन चलाऔं

२२ जेठ, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले हत्या हिंसाका घटनालाई सत्ताको आडमा ढाकछोप गर्ने कार्यमा नेकपा नेतृत्वकधो केपी शर्मँ ओलीसरकार लागेको बताएका छन् । उनले एक विज्ञप्ती जारी गर्दै जातीय भेदभावको कलँकलाई जीवितै राख्न जनप्रतिनिधिनै अघि सरेर आधा दर्जन बढी होनहार किशोरहरुलाई हत्या गरेर भेरीमा फाल्ने जस्ता जघन्य अपराध भै नै रहने हो भने परिवर्तन दिशाहीन हुन पुग्छ भन्दै गँभीर चिन्ता ब्यक्त गरेका छन् ।

नेता पौडेलले सबै अवसरवादी र प्रतिक्रियावादी व्यवहार विरुद्द सशक्त साँस्कृतिक आन्दोलन चलाउन आह्वान गर्दै लोकतन्त्रका पहरेदार कर्मशील बन्न आग्रह गरेका छन् ।

नेपाली कँँग्रेसले पछिल्लो समयमा कालापाली, लिपुलेक, लिम्पियाधुरा नेपालको भूभागमा राख्न काँग्रेस पार्टीको केन्द्रीय समितिबाट सर्बसम्मत् निर्णय गराउन बरिष्ठ नेता पौडेलले महत्वपूर्ण भूमिका खेलेका थिए ।

गुमेका भूमिहरु सहित संबिधानसंसोधनका लागिसंसदमा काँग्रेसले समेत संबिधानसंसोधन प्रस्ताव दर्ता गराएको छ । संबिधान संसोधनपश्चान निशाना छापमा समेत गुमेका भूमिहरु समेतसमाबेश हुनेछन् ।