पु.समाचार

प्रधानमन्त्री ओलीले डाके मन्त्रीपरिषद बैठकः लकडाउ फिर्ता होला ?

२२ जेठ काठमाडौं । मुलुकमा जारी लकडाउनको विषयमा छलफल गर्न प्रधानमन्त्री केपीर्मा ओलीले मन्त्रीपरिषदको वैठक डाकेका छन् ।

बैठक अपरान्ह ४ बजेवस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिएका छन् । आजको बैठकमा लकडाउनको मोडालिटि परिवर्तनको वारेमा छलफल हुने सम्भावना केहि रहेको बताईएको छ । बुधबार प्रधानमन्त्रीले बिज्ञहरुसंग लकडाउन मोडालीटिको विषयमा छलफल गरेका थिए । उक्त छलफलमा विज्ञहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए।

कोरोना संक्रमण फैलनन नदिन भन्दै गत चैत्र ११ गतेदेखी मुलुकैभरी लकडाउन जारी छ । यस्तै जेठ १७ गते बसेको मन्त्रीपरिषदको बैठकले जेठ ३२ गतेसम्मलाई लगडाउन थप गरेको थियो ।

सरकारले लामो समयसम्म अन्य कुनै उपाए नअपनाई लकडाउनमात्रै गरेपछि व्यापार, व्यवसायी धरापमा परेको भन्दै व्यापारीहरु आन्दोलीत बन्न थालेका छन् ।

भने सरकारको निर्णय विपरित पसलहरु खोल्न थालेका छन् । सरकारले लकडाउनमात्रै थप्दैजाने तर राहतकालागि कुनै पहल नगरेपछि लकडाउनको स्वरुप परिवर्तन गर्नुपर्ने दबाद प्रधानमन्त्री ओलीलाई परेको छ ।