पु.समाचार

क्वारेन्टाईनमाबाट घर फर्केका एक युवकको मृत्युः कोरोना परिक्षण गरिँदै

२२ जेठ काठमाडौं । क्वारेन्टाईनमा बसेर घर फर्किएका एक युवकको मृत्यु भएको छ । यद्यपी मृतक १९ वर्षका युवकमा कोरोना भएनभएको परिक्षण पछि थाहा हुने छ ।

सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टाईनमा बसेर घर फर्केका युबकको आज बिहिबार बिहान मृत्यु भएको बताईएको छ । पन्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले उनको स्वाब संकलन गरेर सदरमुकाम वीरेन्द्रनगर पठाउने तयारी भइरहेको जानकारी दिए ।

गत जेठ ७ गते भारतबाट सुर्खेत आएका उनलाई क्वारेन्टाईनमा राखिएको थियो । पन्चपुरी नगरपालीका बडानम्बर १ का ति युबकको घरमा मृतयु भएको हो ।