राजनीति

धनराज भन्छन्ः कोरोनाका नाममा ७२ दिनमा १० अर्ब, अझै नपुगेर खानेलाई घिच्ने भन्नुपर्छ

२२ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले कोरोनाका नाममा ७२ दिनमा १० अर्ब, अझै नपुगेर खानेलाई घिच्ने भन्नुपर्छ भनेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुङले कोरोना रोकथाम तथा नियन्त्रणको नाममा कुनै प्रगति नै नगरी यति ठुलो रकम खर्च भएको सरकारको भनाईको कटाक्ष गरेका छन् ।

उनले भनेका छन्ः ७२ दिनमा दश अर्ब झर्रो नेपालीमा पेट अघाउन्जेल खानेलाई खाने भनिन्छ र पेट अघाएर पनि खाई राख्नेलाई घिच्ने भनिन्छ ।

उनले अगाडि भनेका छन्ः सरकारले ७२ दिनमा दश अर्ब घिचेछ भनेर म भन्न चाहन्न, ज्युनार गरि बक्सेछ भन्न मलाई आउँदैन, माफ पाउँ सरकार । कोरोना नियन्त्रणमा खर्च गर्नुपर्ने पैसामा भ्रष्टचारमात्रै भएको  उनको ठहर छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा १० अर्व खर्च भएको बताएपछि सबैतिरबाट चर्काे बिरोध भईरहेको छ ।

 

उनको ट्वीटः ७२ दिनमा दश अर्ब  झर्रो नेपालीमा पेट अघाउन्जेल खानेलाई खाने भनिन्छ र पेट अघाएर पनि खाई राख्नेलाई घिच्ने भनिन्छ । सरकारले ७२ दिनमा दश अर्ब घिचेछ भनेर म भन्न चाहन्न ! ज्युनार गरि बक्सेछ भन्न मलाई आउँदैन । माफ पाउँ सरकार !