सामाजिक सञ्जाल

बुद्धिजीवी संग्रौलाको व्यंग्यः सरकारको पाचन शक्तिचाहिँ मान्नुपर्छ बा !

२२ जेठ काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले हरेक क्षेत्रमा भईरहेको भ्रष्टचारतर्फ ईंगित गर्दै सरकारको पाचन शक्तिचाहिँ मान्नुपर्छ बा भन्दै व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त साहित्यकार संग्रौलाले कोरोना नियन्त्रणमा सरकारको काम सम्पुर्ण नागरिकले देख्दा-देख्दै सरकारले भने रोग नियन्त्रणमा १० अर्ब खर्च गरिसकेको बताएको भन्दै टिप्पणी गरेका छन् ।

सरकारले कोरोना नियन्त्रण र उपचारको क्रममा प्रयोग गरेका क्वारेन्टाइन स्थल, परीक्षणको गुणस्तर, दायरा र उपचारको ताल दुनियाँले देखेको तर अचम्म, नियन्त्रण र उपचारमा १० अर्ब खर्च भइसक्यो रे भन्दै सरकारको कटाक्ष गरेका छन् । उनले भनेका छन्ः सरकारको पाचन शक्तिचाहिँ मान्नुपर्छ बा ।

कोरोनाले मुलुक आक्रान्त बनिरहेको, दिनदिनै संक्रमीतको संख्या वढीरहेको अवस्थामा सरकारभने कामचलाउको बाटोमा देखिएको छ । क्वारेन्टाईन, आईसोलेसको अबस्था मुलुकैभरी अन्यत्तै नाजुक अवस्थामा छन् । सरकारले भने यतिठुलो रकम खर्च भईसकेको बताएको छ ।

उनको ट्वीटः सरकारले कोरोना नियन्त्रण र उपचारको क्रममा प्रयोग गरेका क्वारेन्टाइन स्थल,परीक्षणको गुणस्तर,दायरा र उपचारको ताल दुनियाँले देखेको छ।तर अचम्म,नियन्त्रण र उपचारमा १० अर्ब खर्च भइसक्यो रे१सरकारको पाचन शक्तिचाहिँ मान्नुपर्छ बा !