राजनीति

नेता केसिको चेतावनीः भोक र रोगबाट शृजित निरासा कुनैबेला पनि अराजक बन्ला

२२ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री अर्जुननरसिंह केसिले भोक र रोगबाट शृजित निरासा कुनैबेला पनि अराजक बन्नसक्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत नेता केसिले पीडित उद्यमी कर तिर्न बाध्य हुने तर राज्य सञ्चालक लाइ बिलासीताको तृष्णा जाग्ने, भोक र रोग बाट श्रृजित यो निरासा कुनैपनि बेला अराजक बन्न सक्ने चेतावनी दिएका हुन् ।

कोरोनाको विषम परिस्थितीमा नागकि रोगले संक्रमीत हुँदा आईशोलेशनको अभाब हुने र सरकारमा भएकाहरु भने आफ्नो विलासिताका लागि करोडौं खर्च गर्न तयारहुने तर्फ ईंगित गर्दै नेता केसीले सरकालाई सचेत गराएका हुन् ।

नेता केसिले हत्या, बलात्कार जस्ता जघन्य अपराध सामान्यीकरण गर्ने, कोरोनामा १० अर्ब खर्चहुने, क्वारेन्टाइन र आईसोलेसन केन्द्र पाशविक मृत्युको अखडा भएको बताएका छन् ।

उनको ट्वीटः हत्या, बलात्कार जस्ता जघन्य अपराध सामान्यीकरण गर्ने,कोरोनामा१०अर्ब खर्चहुने,क्वारेन्टाइन र आईसोलेसन केन्द्र पाशविक मृत्युको अखडा हुने । पीडित उद्यमी कर तिर्न बाध्य हुने तर राज्य सञ्चालक लाइ बिलासीताको तृष्णा जाग्ने,भोक र रोग बाट श्रृजित यो निरासा कुनैपनिबेला अराजक बन्न सक्छ सरकार !