पु.समाचार

आज एकैदिन कोरोना संक्रमीत पुगे २०१ जना, जम्म संख्या २३०० जना

२१ जेठ, काठमाडौं । आज एकजनामा कोरोना संक्रमणका कारण निधन भएको पुष्टी भएको छ ।

काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारको क्रममा आएका एकजना ७६ बर्षीया बृद्धको निधन कोरोना भाईरस संक्रमणका कारण भएको पुष्टी भएको हो । नयाँ संक्रमीतको संख्या २०१ जना रहेको जनाएको छ ।

अहिलेसम्म २७८ जनाको निको भएको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताएका छन् ।

देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा थप २०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज जनाएकोे छ । तीमध्ये १७९ पुरुष र २२ जना महिला छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या जम्मा दुई हजार ३०० पुगेको छ ।

यसैगरी कोरोनाका कारण दोलाखाका ७६ वर्र्षीय पुरुषको उपचारका क्रममा आज निधन भएको मन्त्रालयले जनाएको छ । उहाँ यही जेठ १३ गते काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारका लागि भर्ना हुनुभएको र ‘हेमोराइजिक स्ट्रोक’ देखिएपछि अप्रेसन गरिएको थियो । साथै जेठ १५ गते स्वाब परीक्षणपश्चात कोरोना सङ्क्रमण देखिएपछि थप उपचारका उहाँलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । योसँगै नेपालमा कोरोनाका कारण निधन हुनेको सङ्ख्या नौ पुगेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

त्यस्तै आज मात्रै १२ जना सङ्क्रमित व्यक्ति कोरोनालाई जितेर घर फर्किएका छन् भने हालसम्म कोरोना सङ्क्रमण निको भएर घर फर्किनेको सङ्ख्या २७८ पुगेको छ । पछिल्लो २४ घण्टामा मुलुकभर पिसिआर विधिबाट चार हजार ९२४ र आरडिटी विधिबाट चार हजार ३४ परीक्षण गरिएको उनले जानकारी दिए । हाल मुलुकभर एक लाख ५५ हजार ८६८ व्यक्ति विभिन्न क्वारेन्टिनमा छन् । नेपालमा हालसम्म ६४ जिल्लामा कोरोना सङ्क्रमण फैलिएकोे छ ।