राजनीति

डा कोईरालाको सरकारसँग प्रश्नः लकडाउनल व्यावशाय चौपट छ, व्यापारीले कसरी कर तिर्छन्?

२१ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् प्रभावशाली नेता डा शेखर कोईरालाले सरकार एकातिर जेठ ३२ सम्म लकडाउन घोषणा गर्छ, अर्कोतिर जेठ २५ सम्म कर बुझाउ भन्दैछ भन्दै सरकारप्रति असन्तुष्टी जनाएका छन् । डा कोईरालाले श्रमजीवी मजदूरहरुको चुलो बल्न छाडिसक्यो। ब्यापार ब्यवसाय चौपट छ। यही हो सरकारको विवेक? नागरिकप्रति राज्यको दायित्व यही हो? भन्दै सरकारको नेतृत्व गरेको प्रधानमन्त्री केपी शर्मा ओली लगायत कर बढाउन भूमिका खेल्नेहरुलाई प्रश्न गरेका छन् ।
आन्तरिक राजश्व बिभागले लकडाउन ३२ गतेसम्म भएपनि जेठ २५ गतेभित्र भ्याट लगायतका करहरु बुझाउन सूचना जारी गरेपनि सरकारको सर्बत्र आलोचना भईरहेका बेला डा कोईरालाले पनि उक्त बिषयमा कडा प्रतिकृया दिएका हुन् । ब्यावशायीहरुले पनि आन्दोलन र बिरोध गरिरहेको अवस्था छ ।

सरकार एकातिर जेठ ३२ सम्म लकडाउन घोषणा गर्छ, अर्कोतिर जेठ २५ सम्म कर बुझाउ भन्दैछ। उद्योग कलकारखाना ठप्प छ। श्रमजीवी मजदूरहरुको चुलो बल्न छाडिसक्यो। ब्यापार ब्यवसाय चौपट छ। यही हो सरकारको विवेक? नागरिकप्रति राज्यको दायित्व यही हो?