सामाजिक सञ्जाल

नेता गुरुङको व्यंग्यः कोरोना पोजेटिभ भएका भैंसीगोठमा, प्रदेश सभामुख झण्डै दुई करोडको गाडीमा

२१ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले कोरोना पोजेटिभ भएका भैंसीगोठमा मुख्यमन्त्री झण्डै दुई करोडको गाडीमा भन्दै व्यंग्य गरेका छन् ।

कर्णालि प्रदेशका एक स्थानमा कोरोना संक्रमीतलाई आईसोलेसनको रुपमा भैंसिगोठमा राखिएको तस्विर सामाजिक सञ्जाल ट्वीटमा सीयर गर्दै नेता गुरुङले यस्तो टिप्पणी गरेका हुन् ।

कोरोना संक्रमीतलाई भैंसिगोठमा राख्दा कर्णाली प्रदेशका सभामुख रामबहादुर शाहिका लागि भने १ करोड ७२ लाखको गाडी किनिएको छ । जुन स्थान सभामुख शाहीकै चुनाव क्षेत्र पनि हो । क्वारेन्टाईन अभावका कारण संक्रमीत केहि युवालाई भैंसी गोठमा राखिएको छ ।

उनको ट्वीटः कम्युनिष्ट शासनको असलि रुपः कर्णाली प्रदेश सभाका सभामुख मा.राजबहादुर शाही १ करोड ७२ लाखको गाडीमा सरर ! उनकै चुनाब क्षेत्रको कोरोना पोजेटिभ भएकालाई आइसोलेसन भैंसींगोठमा देख्दा आँसु धरर !