खेलकुद

खेलकुदको अवस्था र बर्तमान सरकार

लोकेश खड्का/कोरोना भाईरस कोभिड१९ बाट बिस्वनै आक्रान्त भएको छ साथै हाम्रो देश नेपालमा पनि कोरोना भाइरस कोभिड१९ को भयभित अवस्था रहेको छ। अहिले सरकारले देशमा लकडाउन लगाएको छ र लकडाउनले गर्दा थुप्रै खेलाडीले दैनिकरुपमा गर्ने तालिम गर्न नपाएर आफ्नो खेलकुद प्रतिको आसा र सपना समेत थकित पारेका छन्।

अब खेलकुदमा नयाँ खेलाडीको आगमन हुन सक्ने सम्भावना देखिएको अवस्थामा लकडाउनले समस्या पारेको छ । खेलकुद र खेलाडीले गर्दा नेपालको नाम बिश्वमा आफ्नो मुलुकलाई चिनाउँने गर्दछन् र यो एउटा गौरबको बिषय हो। खेलसंगै खेलाडीको प्रमुख भूमिका रहने भएकाले नेपालमा भएको १३औं दक्षिण एसियायी खेलकुद (साग)मा नेपालली खेलाडीले ५१ स्वर्ण ६० रजत ९५ कास्य गरि जम्मा २०६ पदक हात पारेका थिए। तर बिडम्बना खेलाडीले सरकारबाट पाउने पुरस्कार भने पाउन सकेका छैनन्। सरकारले पटकपटक आफ्नो सरकार हुदा पहिलो पटक यति धेरै स्वर्ण ल्याएकोमा गर्व गर्नु भयो तर खेलाडीलाई दिनुपर्ने रकम भने भोलि भोलि भन्दै टारेको देखिन्छ । यस्तै शैली हो भने अबको खेलकुद कसरी अगाडि बढन सक्छ होला भन्ने प्रश्न गर्नुपनि गलत नहुने देखिन्छ । रास्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रकाशित भएको नीति तथा कार्यक्रममा खेलकुद सम्बन्धी जति हुनु पर्ने हो त्यो अनुसारको कार्य नभए पनि नयाँ खेलाडी उत्पादनका लागि प्रत्येक स्थानिय र क्षेत्रीय स्तरका खेलकुद मैदानको बिकास गर्नु आवश्यक छ।

नेपाल सरकारको नीति तथा कार्यक्रममा यस पटक खेलकुदलाई कम प्राथमिकता दिइएको देखिन्छ। आउँदो फागुनमा हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा तय भएको छ र हुन सक्ने आशंका पनि छ यसभन्दा अघि सरकारले वार्षिक कार्यक्रममा समाबेश गथ्र्यौं । नेपाली खेलकुदको कुम्भ मेला प्रत्येक २/२ बर्षमा आयोजना हुने गर्थो। कोभिड-१९ संङक्रमण रोक्नका लागि आवश्यक स्वास्थ पुर्वाधार निर्माण तथा स्वास्थ संस्थामा उपकरण जनशक्ति थप लगायतमा सरकारको प्राथमिकता परेकाले समेत खेलकुदमा कम ध्यान हुन सक्ला तर युवा खेलकुद क्षेत्रमा बिनियोजित रकम २ अर्ब ३६ करोड कहि कतै भ्रस्टाचार नगरी सिधै खेलकुद क्षेत्रमा खर्च गर्यो भने पनि खेलकुद क्षेत्रले फरक मोड लिन्छ।

मुलुक कोरोना भाइरस विरुद्ध संघर्ष गरिरहेको छ सरकारले अत्यावश्यक बाहेक खर्च नगर्ने चैत्रमा नै निर्णय गरेको छ भने नीति तथा कार्यक्रममा पनि यहि प्रतिबद्धता दोहोर्‍याएको छ । नेपाली राजनितीमा काम कम भ्रमको खेती बढी हुने प्रवृत्ति हाबी भएको देखिन्छ। निर्बाचन जित्नका लागि जनतालाई अनेक आश्वासन र भ्रम फैलाउने र चुनावमा जितिसके पछि भने त्यो ठाउमा फर्की नहेर्ने यस्तो संकटमा गरिब दुखी असाहायलाई सहयोग र जनचेतना फैलाउने ठाउँमा उल्टै मन्त्रीलाई नै आफ्नै मन्त्री निवासमा ८२ लाखको जिम हल सरकारबाट ब्यबस्था गर्नु खोज्नु कति लजास्पद कार्य हो । यहि हो जनताले चाहेको लोकतान्त्रिक गणतन्त्र राज्य ब्यबस्था ? लकडाउनले गर्दा गरिब जनता खान नपाएर मर्नु परेको छ, तपाईहरुलाई भने गरिब जनताका ढाड सेकेर मीठो मसिनु खाएर पाखुरा लगाउनु पर्ने यो कस्तो खालको लोककल्याणकारी राज्य हो सरकार ?

सत्ता र शक्तिको भर हुँदैन जनताको हितमा जसले काम गर्छ र जनताको लोकप्रिय बन्छ त्यो नै सत्ता र शक्तिमा रहन्छ जनताको हित बिपरित कार्य गर्छ भने त्यो सत्तामा रहन सक्दैन । त्यसैले भ्रष्ट कार्यशैलीका राजनीतिक ब्यक्ती आजको दिन आवश्यक छैनन् । आफ्नो नैतिकताका आधारबाट भएपनि राजनीति क्षेत्रबाट सन्यास लिनुहोस् । तपाईको ठाउमा नयाँ बौद्धिक र दक्ष जनशक्ति हाजिर हुन्छन् । तपाईका साना साना गल्तिले तपाईं लगायत तपाईको संगठन समेत कमजोर र जनताका लागि तितो साबित बन्दै जान्छ । त्यसैले समयसंग चल्न सिक्नु होस् । आजको २१औं शताब्दी बैज्ञानिक शैलिमा चल्ने गर्छ मोटा पाखुराले हैन । समयमा नै यो कुरा हेक्का होस कि गरिब जनताले नखाइ नखाई तिरेको कर र बिदेशको मरुभूमिमा काम गरि पठाएको रेमिटान्सको पैसा देश बिकास परिवर्तनका लागि सहि सदुपयोग भएको देख्न चाहान्छौं ।
सरकारलाई पटक पटक आलोचित बनाउने मन्त्री नैतिकताका आधारमा राजिनामा दिनुस् । तपाई भन्दा बौद्धिक र क्षमतावानलाई मन्त्रालय हस्तान्तरण गर नत्र भने यस्तै गुनगान गाएर शक्तिको भ्रम फैलाएर देश र जनताले न्याय पाउला नसोच्दा हुन्छ ।

जनतालाई देशको काँचुली फेर्न आश्वासन फैलाउने र लोकतान्त्रिक गणतन्त्र राज्य स्थापना गर्नु पर्छ भनेर हजारौंंलाई मार्ने सहिद बनाउने कैयौको सिउँदो पुछ्ने बिधुवा बनाउने र आफु सत्तामा गएर आफ्नो घरपरिवारको जम्मो टोलिलाई निर्वाचनमा कसैसंग मिलेर हुन्छ वा जबर्जस्ति हुन्छ, के गरेर हुन्छ जिताउने मन्त्री बनाउने अनि हाम्ले चाहीँ देश बन्छ भनेर आशा मान्ने यो कस्तो खालको गणतन्त्रका लागि लडेका हौंं।

स्वास्थ्य क्षेत्रलाई महत्व दिनुपर्ने त छंदैछ, अब बिश्वमा नै महत्वपूर्ण स्थान ओगटेको खेलकुदलाई महत्व दिन जरुरीछ । देश र जनताको हित बिपरित गरेका केही कार्य पनि स्किार गर्न सकिँदैन। नेपाली जनताले भ्रष्टाचार गर्ने, जनबिरोधी गतिबिधि गर्ने जोकोहीलाई पनि छुट्कारा दिने छैनन् । हिजो राजामहाराजाले गरेका गम्भीर गल्तीका कारण पतन भएका उदाहरणहरु हेरेर निर्णय गर्न समेत मेरो सरकारको नेतृत्व गर्नेलाई आग्रह छ । सोचलाई फराकिलो बनाएर सबै जाती, भाषा, क्षेत्रका नेपालीलाई समेटेर समृद्ध नेपाल निर्माण बनाउने कार्यमा सरकारले बाटो देखाउने कार्य व्यवहारमा नै गरोस । फेरिपनि खेलकुदमा बजेट बढाओस्, कोरोना भाईरस संक्रमणबाट सबै बाँचौं र बचाऔं ।