सामाजिक सञ्जाल

भोक र कोरोना भाइरस विरूद्धको लडाइँमा सबै एक होऊँः डा भट्टराई

२१ जेठ काठमाडौं । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा बाबराम भट्टराईले कोरोना र भोक भाइरस विरूद्धको लडाइँमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

एउटा समाचार ससामाजिक सञ्जाल ट्वीटमा सियर गर्दै डा भट्टराईले यस्तो बताएका हुन् । साथै डा भट्टराईले विदेशमा अलपत्र नेपालीहरूको छिटो उद्धार गर्नुर्पे पुनः दोहर्याउँदै ढिलै भए पनि सरकारले घोषणा गरेको कार्यक्रम तदारूकतासाथ कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

उनले माल्दीभ्स लगायत देशहरूबाट आफै प्लेन चार्टर गरेर आउन खोजेका नेपालीहरूको पनि प्राथमिकतासाथ व्यवस्थापन गर्न सरकारको ध्यानाकर्शण गराएका छन् ।

यस पनि अघिपनि पुर्व प्रधानमन्त्री डा.भट्टराइले विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारमा ध्यान दिन सरकारलाई आग्रह गर्दै आएका आएका थिए ।

उनको ट्वीटः विदेशमा अलपत्र नेपालीहरूको छिटो उद्धार होस् । ढिलै भए पनि सरकारले घोषणा गरेको कार्यक्रम तदारूकतासाथ कार्यान्वयन होस् । माल्दीभ्स लगायत देशहरूबाट आफै प्लेन चार्टर गरेर आउन खोजेका नेपालीहरूको पनि प्राथमिकतासाथ व्यवस्थापन होस् ! कोरोना भाइरस र भोक भाइरस विरूद्धको लडाइँमा सबै एक होऊँ !