राजनीति

एकाबिहानै राजा महेन्द्र, बीरेन्द्र/महामानव बिपी/ज्युँदा सहिद टंकप्रसादलाई अध्यक्ष थापाले यसरी सम्झिए

२१ जेठ, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले एका बिहानै राजा महेन्द्र, राजा बीरेन्द्र, बिपी, टंकप्रसाद आचार्यलाई सम्झिएका छन् ।

उनले ट्वीट गर्दै मिफिरी फेरि ०७ साल अघि र लगत्तै पछिको जस्तै राष्ट्रिय स्वाभिमानरस्वतन्त्रता बन्धकमा पर्ने खतरा रहेको मूल्याँकन गर्दै उनीहरुलाई सम्झिएका छन् ।

उनले BRI/MCC, संबिधान संसोधन, धर्मनिरपेक्षता, संघियता, गणतन्त्र त्यसका ज्वलन्त उदाहरण हुन्। जनताले पार्टी कार्यकर्ता भन्दा माथि उठेर स्वाभिमानी नागरिककोरुपमा नसोच्ने होभने भविष्य अझै कहालीलाग्दो हुने विश्लेषण गरेका छन् ।

अध्यक्ष थापाले समयमा सचेत हुन राजनीतिक नेतृत्वलाई आग्रह गर्दै सचेत गराएका छन् ।
अध्यक्ष थापा भन्छन्ः नेपाली राजनीतिमा बिदेशी ‘एसेट’को चलखेल यति व्यापक छकि ठिकरबेठिक छुट्याउन पनि कठिन भएको छ। BRI, MCC, संबिधान संसोधन, धर्मनिरपेक्षता, संघियता, गणतन्त्र त्यसका ज्वलन्त उदाहरण हुन्। जनताले पार्टी कार्यकर्ता भन्दा माथि उठेर स्वाभिमानी नागरिककोरुपमा नसोच्ने होभने भविष्य अझै कहालीलाग्दो हुन्छ ।

घुमिफिरी फेरि ०७ साल अघि र लगत्तै पछिको जस्तै राष्ट्रिय स्वाभिमानरस्वतन्त्रता बन्धकमा पर्ने खतरा देखिन्छ। राजा महेन्द्र, राजा बीरेन्द्र, बिपी, टंकप्रसाद आदिले बुद्धिमत्तापूर्ण ढंगबाट कायम गरेको स्वतन्त्र अस्तित्व र पहिचानमाथि संकटको कालो बादल मडारिन थालेको छ। समयमा सचेत बनौं।