समाचार

क्वारेन्टाईनमा एक महिलाको मृत्युः कोरोना भए-नभएको परिक्षणपछि थाहा हुने

२१ जेठ काठमाडौं । क्वारेन्टाईनमा रहेकी एक महिलाको मृत्यु भएको छ । यद्यपी कोरोना भए–नभएको कोरोना परिक्षणपछि मात्र थाहा हुने छ ।

डडेल्धुराको गन्यापधुरा १ असिग्राम आधारभुत विद्यालय रौनाकोटको क्वारेन्टाईनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मंगलबारराति शौचालय गएकी महिला एक्कासि बेहोस भएकी थिईन् ।

मृतक महिला र उनका श्रिमान ४ दिनअघि भारतबाट आएका थिए । गाउँपलीकाका अधयक्ष नवलबहादुर मल्ललेपनि महिलाको मृत्यु भएको पुष्टि गरेका छन् ।