समाचार

जुम्लाको सदरमुकाम खलंगामा तिनदिनको लागि निषेधाज्ञा जारी

२१ जेठ काठमाडौं जुम्लामा आजदेखी ३ दिनसम्म निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको वैठकले जुम्लाको सदरमुकाम खलंगामा आज जेठ २१ गतेदे बिहान ९ बजेदेखी २३ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार लकडाउन फितलो भएपछि निषेधाज्ञा जारी गरिएको हो ।

भारतबाट आउनेहरुको संख्या ह्वात्तै वढेपछि बजारक्षेत्रमा लकडाउन उल्लंघन हुादा संक्रमणको जोखिम बढेकाले निषेधाज्ञा जारी गरिएको हो ।

यसैगरि भारतबाट आउनेहरुमा सबैमा प्राय पिसिआर रिपोर्ट पोजेटि आईरहेपछि स्थानीयमा झनै त्रास बढेको छ । यस्तै त्यहाँका स्थानीय जनप्रतिनिधि लगाएतहरुले लकडाउनको पालना नभएको र झनै चुनौति थपिँदै गएको गुनासो गर्न थालेका थिए ।