खेलकुद

इंग्ल्यान्ड र वेष्ट इण्डिजबीच जुलाईमा तीन खेलको टेष्ट सिरिज हुने

एजेन्सी । इंग्ल्यान्ड र वेष्ट इण्डिजबीच जुलाईमा तीन खेलको टेष्ट सिरिज हुने पक्का भएको छ । तीन खेलको सिरिजका लागि इंग्ल्यान्ड र वेष्ट इण्डिज राजि भएको बीबीसीले जनाएको छ ।

इंग्ल्यान्ड र वेष्ट इण्डिजबीचको तीन खेलको सिरिज २१ दिनमा सकिने बताईएको छ । दुई टोलीबीचको पहिलो टेष्ट जुलाई ८ मा साउथह्याम्पटनको द बल मैदानमा सुरु हुनेछ । यस्तो ओल्ड ट्राफोर्डमा हुने दोस्रो टेष्ट जुलाई १६ र तेस्रो खेल जुलाई २४ मा सुरु हुनेछ । इंग्ल्यान्ड र वेष्ट इण्डिजबीचको सिरिज यस अघिनै तय भएपनि कोरोना भाईरसको महामारीसँगै अन्योलमा रहेको थियो ।

यस अघि सिरिजमा जुनमा तय भएको थियो । तर, कोरोनाको कारण स्थगित भएको थियो । बन्द रंगशालामा हुने खेल अघि सम्पूर्ण खेलाडीको कोरोना परिक्षण हुनेछ । यस्तै ग्राउण्ड स्टाफ, अफिसियल र खेलाडीहरु बस्ने क्षेत्र छुट्टाईने छ ।

इंग्ल्यान्डले विभिन्न राष्ट्रसँग तय भएको अन्तर्राष्ट्रिय सिरिजलाई मध्ये नजर गर्दै ५५ खेलाडीलाई प्रशिक्षणमा बोलाईसकेको छ । इंग्ल्यान्डले समरमा पाकिस्तान, आयरल्याण्ड र अष्ट्रेलियासँग सिरिज खेल्ने तयारी गरेको छ ।