अन्तर्राष्ट्रिय

कोरोनाका कारण पाकिस्तानका एक मन्त्रीको मृत्यु

२१ जेठ काठमाडौं । पाकिस्तानका एक मन्त्रीको कोरोनाका कारण मृत्यु भएको छ । सिन्ध प्रान्तका मानव संसाधन मन्त्री गुलाम मुर्तजा बलोचको मंगलबार कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार मन्त्री बलोचको उपचार कराँचीस्थित एक निजी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भइरहेको थियो ।

मन्त्रीको मृत्युको खबर सिन्ध प्रान्तका मुख्यमन्त्री मुरद अली शाहले शोक व्यक्त गर्दै जानकारी गराएका हुन् । अक्टोबर २०१८ देखि मन्त्री रहेका बलोचलाई मे १४ मा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो ।

गत डिसेम्बर अन्तिमदेखि फैलिएको कोरोनाबाट हालसम्म पाकिस्तानमा १ हजार ६२१ को मृत्यु भइसकेको छ। त्यस्तै ७६ हजार ३९८ संक्रमित हुँदा २७ हजार ११० निको भइसकेका छन् ।