अन्तर्राष्ट्रिय

विद्यालयस्तरका चिनियाँ केटाकेटीमा धुम्रपान सेवनमा कमी

एजेन्सी । पछिल्लो पाँच वर्षमा चीनमा निम्न माध्यमिक विद्यालयस्तरका विद्यार्थीबीच धुम्रपान गर्ने बानीमा निकै कमी आएको हालै सार्वजनिक गरिएको एक सर्वेक्षण रिपोर्टले देखाएको छ ।

सन् २०१९ मा निम्न माध्यमिक स्तरका विद्यार्थीमा गरिएको सर्वेक्षणमा १२।९ प्रतिशत विद्यार्थीले चुरोट सेवनको अभ्यास गरेका बताएका छन् जुन सन् २०१४ मा गरिएको एक सर्वेक्षणमा भन्दा पाँच प्रतिशतले कमी हो, चिनियाँ राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम केन्द्रद्वारा सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार यसबाहेक ६९।९ प्रतिशत निम्न माध्यमिकस्तरका विद्यार्थीले आफूहरूले इलेक्ट्रिोनिक चुरोटका बारेमा सुनेको तर सेवन भने नगरेको बताएका छन् । सन् २०१४ मा इलेक्ट्रिक चुरोटबारे सुनेको बताउने विद्यार्थीको सङ्ख्यामा भने २४।९ प्रतिशतले वृद्धि देखिएको छ ।

पेकिङ विश्वविद्यालय तेस्रो अस्पतालका स्वास्थ्यविद जियाङ हुईले भने, “किशोरकिशोरीहरूले आफ्नो र आफ्नो परिवारको हितका लागि आफुहरूले स्वस्थ जीवनशैलीको विकल्प रोज्ने गरेकोले आफुहरूले जीवनभर धुम्रपान, सुर्ती र इलेक्ट्रिक–चुरोट सेवनबाट टाढा रहने बताएका छन् ।”