आर्थिक

सरकारको लक्ष्य अनुसार १५३% बैदेशीक ऋण/सहयोग पुरा हुन सक्दैनः डा शर्मा

२० जेठ, काठमाडौं । अर्थविद डठा शंकर शर्माले अर्थमन्त्री युवाराज खतिवडाले साँसदमा प्रश्तुत गरेको ७७ ७८ को बजेटमाथी प्रतिकृया दिएका छन् । उनले एक अनलाईनसँग अन्तरवार्ता दिँदै बजेटले कतिपय क्षेत्रहरु राम्रोसँग समेटेको बताउँदै एमसीसी छिट्टै लागू गर्नुपर्ने बताएका छन् ।

२००९ देखी २०१४सम्म अमेरिकाका लागि नेपालका राजदूत रहेका उनले २०११ मा अमेरिकी सरकारसंग बिलिनियम प्रोजेक्ट नेपाललाई दिन आग्रह गर्दै प्रकृयाको शुरुवात गरेका थिए । उनले बैदेशीक ऋण र सहयोग बर्तमानको भन्दा १५३ प्रतिशत बढि राख्ने लक्ष्य कोरोना संक्रमणका कारण पुरा हुन नसक्ने देखिएको दाबी गरेका छन् ।

डा शर्माले ७ प्रतिशत आर्थिक बृद्धिदरको सरकारको लक्ष पुरा हुने सम्भावना नरहेको भन्दै एमसिसी पास गर्न सबै पार्टीका नेताहरु सहमत भएपनि किन ढिला भएको हो? भन्दै प्रश्न गरेका छन् । उनले एमसीसीको कार्यालयलाई राष्ट्रिय सहमती कायम गरेर छिटो भन्दा छिटो एमसीसी पास गर्नुपर्ने जिकिर गरेका छन् । एमसीसीको बिबाद आएदेखी नै डा शर्माले एमसीसी पास गर्नुपर्छ भन्ने अभिब्यक्ती दिँदै आएका थिए ।