समाचार

सुरक्षा र सहजताका लागि पत्रकारलाई सुरक्षा सामग्री वितरण

२० जेठ, काठमाडौँ गन्तव्य नेपाल समूहको संयोजनमा कोरोना महामारीबीच रिपोर्टिङमा खटिने पत्रकारहरूको सुरक्षा र सहजताका लागि आज यहाँ पिपिई सेट, प्रेस ज्याकेटलगायत स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । काठमाडौँ महानगरपालिका ­३ को सहकार्यमा आज वडा कार्यालयमा उपस्थित ५० भन्दा बढी विभिन्न सञ्चारमाध्यमहरुम क्रियाशील पत्रकारलाई ती सामग्री वितरण गरिएको हो ।
समूहका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले समाचार र फोटो सङ्कलन तथा सम्पादनका लागि अग्रमोर्चामा खटिनुपर्ने सञ्चारकर्मीहरु कोभिड­१९ को संक्रमणको उच्च जोखिममा रहने हुँदा उनीहरुको सुरक्षाका लागि आवश्यक सामग्री वितरण गरिएको बताए । यसअघि पनि गत जेठ १६ गते १२० जना पत्रकारलाई पिपिई सेट, प्रेस ज्याकेट, मास्क, ग्लब्स र स्यानिटाइजर वितरण गरेको र दोस्रो चरणअन्र्तगत आज थप वितरण गरिएको बताउँदै आगामी दिनमा पनि पत्रकारहरुको सुरक्षाका लागि काम गर्ने प्रतिवद्धता जनाए ।
सुरक्षा सामग्रीको सामग्री व्यवस्थापनमा सहयोग बोधिसत्व विहारले सहयोग गरेको थियो । समारोहमा विहारका मूल गुरु ताइवानी नागरिक हेगुवाङ शी र वडा नं ३ का वडाध्यक्ष बद्री केसीले पनि आम जनतालाई ससुसूचित गराउने पत्रकारको सुरक्षा गर्नु जनप्रतिनिधि र सामाजिक संस्थाको पनि दायित्व हुने बताए । दुई साताअघि राष्ट्रिय पर्यटन पत्रकार समाज (नाटोज) ले पनि करिब ६० जना पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको थियो ।