पु.समाचार

हुमाकुमारी सिग्देलको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

२० जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा संविधानसभा सदस्य टुकराज सिग्देलकी आमा हुमाकुमारी सिग्देलको निधनप्रति दुःख व्यक्त गरेको छ ।

उहाँले यस दुःखद घडीमा सिग्देलकी दिवङ्गत आमाप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दै मातृशोकमा पर्नुभएका टुकराज सिग्देल, उनको शोकाकूल परिवार र आफन्तजनमा गहिरो समवेदनासमेत व्यक्त गरेको छ ।