पु.समाचार

एचआइभी सङ्क्रमित बालबालिकालाई राहत

२० जेठ, काठमाडौँ । एचआइभी सङ्क्रमित बालबालिकालाई आश्रय दिँदै आएको सीतापाइलास्थित ‘पुनर्वल पलस’ नामक सामाजिक संस्थालाई ५० हजार मूल्य बराबरको राहत प्रदान गरिएको छ ।

साउण्ड अफ हिमालय नामक संस्थाले प्रदान गरिएको सो राहत सामग्रीमा चामल, दाल, बिस्कुट, चाउचाउ, चना, नुन, तेललगायत छन् । जारी बन्दाबन्दीका कारण अप्ठेरामा परेका बालबालिकालाई सहयोग पु¥याउने उद्देश्यले सो संस्थाले ‘पुनर्वल पलस’ का निर्देशक महेश श्रेष्ठलाई ती सामग्री प्रदान गरेको हो । सन् २००७ मा स्थापना भएको पुनर्वल पलसमा हाल विभिन्न जिल्लाका ३५ बालबालिका छन् । उनीहरुलाई खान, बस्न तथा पढ्नका लागिसमेत आफ्नो संस्थाले सहयोग गर्दै आएको निर्देशक श्रेष्ठले जानकारी दिए।

बौद्ध गुरु कर्मा धिनवपले व्यक्तिगत खर्च गरी काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका दीन, दुःखी तथा असहाय नागरिकलाई राहत सामग्री उपलब्ध गराएको कार्यक्रमका संयोजक सुबोधप्रसाद प्रधानले जानकारी दिए ।

गत चैत १७ गते कामपाको बैठकले राहत वितरण गर्ने निर्णय गरी प्रत्येक वडामा राहत वितरणका लागि समिति गठन गरेको भए पनि आर्थिक अवस्था कमजोर भएका तथा विपन्न परिवारको पहिचानमा वैज्ञानिक प्रणाली कार्यान्वयन हुन नसक्दा उनीहरु राहत पाउन नसकेको गुनासो गर्दै आएका छन् ।

आर्थिक अवस्था कमजोर भएका त्यस क्षेत्रको मानिसको सहजताका लागि सार्वजनिक स्थानमा निःशुल्क भोजनसमेत उपलब्ध गराएको छ । पाँच वर्ष अगाडि गएको भूकम्पको समयमा पनि विभिन्न जिल्लामा सहयोग उपलब्ध गराएको समाजसेवी केदारमान सिंहले बताए ।