पु.समाचार

सांघाइ/विशाल ग्रुपका प्रवन्ध निर्देशकसहित अरबपतीहरु मध्यरातमा जुवा खालबाट यसरी समातिए

२० जेठ काठमाडौं । २ लाख ७७ हजार रुपैयाँ सहित ९ जना जुवाडे पक्राउ परेका छन् । गएराति काठमाडौंको कमलादीस्थित गंगौर बुटिक होटेलमा जुवा खेलिरहेका रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल अबुजा र निक्की पक्राउ परेका हुन् ।

पक्राउ परेका अधिकांस व्यक्ति उच्च व्यापारीक घरानाका भएको खुलेको छ । लकडानको समयमा समुह बनाई क्वाइन चिप्स प्रयोग गदै क्यासिनो शैलिमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले रंगेहात पक्राउ गरेको हो ।

निक्की होटल सञ्चालक हुन् भने रामचन्द्र सांघाइ ग्रुपका एमडी र अशोक विशाल ग्रुपका एमडी हुन् ।