पु.समाचार

गण्डकी प्रदेशको स्याङजा र पर्वतमा गरेर १० जनामा कोरोना पुष्टि

२० जेठ काठमाडौं । स्याङजा र पर्वतमा (मंगलबार) आज बिहानै ५/५ जना गरी १० जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डगकी प्रदेशमा आज बिहानै १० जनामा कोरोना देखिएको हो । प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माका अनुसार स्याङ्जा चापाकोटका नगरपालिकाका २२, २६, ३२ र ४० का ४ जना पुरुष र स्याङजा विरुवा गाउँपालिकाका २० वर्षीय पुरुष गरी ५ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै, पर्वत जिल्लामै पहिलो पटक कोरोना भेटिएको छ । मंगलबार पर्वत फलेबास नगरपालिकाका २० र ४० वर्षीय पुरुष, महाशिला गाउँपालिकाका १९, २० र २१ वर्षका ३ जना पुरुष गरी पर्वत जिल्लामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको डा शर्माले जानकारी दिएका छन् ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । जसमध्ये बागलुङमा २ र लमजुङका एकजना गरी ३ जना निको भई घर फर्किसकेका छन् । गण्डकीका बागलुङ, स्याङ्जा, लमजुङ, तनहुँ, नवलपुर, गुल्मी, म्याग्दी गरी ७ जिल्लामा कोरोना देखिएको छ । भारतबाट आउने नेपालीको संख्यामा कमि नआउँदा नेपालमा कोरोना संक्रमीतको संख्या दैनिकरुपमा वढिरहेको छ ।