राजनीति

नेता गुरुङको आक्रोसः नेपाली तरकारीले कोरोना लाग्ने तर भारतीयले नलाग्ने हो र सरकार ?

२० जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले नेपाली तरकारीले कोरोना लाग्ने तर भारतीयले तरकारीले नलाग्ने हो र सरकार ? भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुङले नेपाली किसानले उत्पादन गरेको तरकारीबाट कोरोना सर्छ भन्दै फाल्न लगाउने तर भारतबाट ल्याउने तरकारीबाट कोरोना नसर्ने होर भन्दै ओली सरकारको राष्ट्रवाद प्रति कटाक्ष गरेका छन् ।

साथै उनले नेपालले भारतसँग माटोको लागि लडिरहेको तर लकडाउनको अबधिमा नेपाल सरकारले त्यहि भारतबाट अरबौंको तरकारी आयात गरिरहेको भन्दै अक्रोस व्यक्त गरेका छन् ।

लकडाउनकाबीचमा स्वदेशका नागरिकले उत्पादन गरेको तरकारीबाट कोरोना सर्नेभन्दै त्यसै फाल्न लगाईएको छ तर भारतबाट भने निरन्तर तरकारी आयात भईरहेको छ । स्थानीय तह तथा जिल्ला प्रशासनले नै तरकारी–फलफूलका ट्रकलाई नियन्त्रणमा लिँदै नष्ट गराउन थालेका हुन् । जबकि भारतबाट आयातित तरकारी–फलफूल भने निर्बाध उपभोक्ताको भान्सासम्म पुगिरहेका छन् । कोरोना सर्ने भन्दै तरकारी खाल्डोमा पुरिएको भिडियो समेत भाईरल भएको छ। यसैबीच नेता गुरुङको प्रतिकृया आएको हो ।

उनको ट्वीटः भारतसँग हामी हाम्रो माटोको लागि लडिरहेका छौं । तर लकडाउनको अबधिमा नेपाल सरकारले त्यहि भारतबाट अरबौंको तरकारी आयात गरिरहेको छ । नेपाली किसानले उत्पादन गरेको तरकारीबाट कोरोना सर्छ भन्दै फाल्न लगाउने तर भारतबाट ल्याउने तरकारीबाट कोरोना नसर्ने हो ? @hello_sarkar को राष्ट्रवाद !