अन्तर्राष्ट्रिय

भारतमा कोरोना कहरः झण्डै २ लाख संक्रमीतः मृतकको संया ५ हजार नाघ्यो

२० जेठ काठमाडौं । भारतमा कोरोना कहर तिब्र गतिमा फैलिँदै गएको छ । भारतमा कोरोना संक्रमीतको संख्या झण्डै २ लाखको हाराहारीमा पुगिसकेको छ ।

वल्डमिटरको तथ्यांंक अनुसार त्यहाँ आजसम्म संक्रमीतको संख्या १ लाख ९८ हजार ३ सय ७० पुगेको छ । यस्तै ५ हजार वढीले ज्यान गुमाएका छन् । भारतमा कोरोनाका कारण ५ हजार ६ सय ८ जनाको मृत्यु भएको छ ।

यस्तै ८ हजार ९ सय ४४ को अवस्था गम्भिर रहेकोले मृतकको संख्या अँझै बढ्नसक्ने अनुमान गरिएको छ । यस्तै भारतमा कोरोना संक्रमीत उपचारपछि ९५ हजार ७ सय ५४ जना निको भएर घर र्फकिएका छन् ।

साथै त्यहाँ संक्रमणको दर दिनप्रतिदिन बढिरहेको छ । कोरोनाको अवस्था हेरेर विभिनन सहरहरुमा लकडाउन खुकुलो पारिएको छ ।