खेलकुद

ललितपुर जिल्ला अध्यक्ष थापा कारबाहीको निर्णय एन्फा कार्यसमितिले गर्यो अनुमोदन

काठमाडौं २० जेठ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम थापामाथि गरिएको कारबाहीको निर्णयलाई अनुमोदन गरेको छ । सोमबार बसेको एन्फा कार्यसमिति बैठकले संस्था र पदाधिकारीमाथि अपशब्द बोलेको आरोपमा जिल्ला अध्यक्ष थापामाथि कारबाही गर्ने सचिवालयको निर्णयलाई अनुमोदन गरेको हो ।

थापाले आफुमाथि गरिएको कारबाही अवैधानिक रहेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)सहित फिफा, एएफसी लगायतका निकायमा उजुरी दिएका थिए । उनले आफुलाई कारबाही गर्ने वैधानिक अधिकार सचिवालयलाई नभएको भन्दै अवैधानिक कारबाही गर्ने महासचिवलाई कारबाहीको माग गरेका थिए ।

सोमबार बसेको कार्यसमिति बैठकले थापामाथि गरिएको कारबाहीको निर्णयलाई अनुमोदन गर्दै अनुशासन समितिमा पठाएको छ । बैठकमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले अपशब्द बोलेको बिषयमा स्पष्टिकरण सोध्दा उल्टै प्रतिप्रश्न गर्दै जवाफ पठाएको भन्दै कारबाही गरिएको बताएका थिए । उनले थापाको स्पष्टिकरण पत्र चित्त बुझ्दो नभएको भन्दै संस्था निरिह भएर बस्न नमिल्ने बैठकमा जिकिर गरेका थिए ।

‘च्याट ग्रुपका बिषयमा स्पष्टिकरण सोध्दा उल्टै १५–२० वटा प्रतिप्रश्न गरेर पठाएको छ । यस्तो अवस्थामा संस्था निरिह भएर बस्न मिल्दैन । सोही कारण सम्पुर्ण कार्यसमितिसंग छलफल गरेर निलम्बनको कारबाही गरिएको हो ।’ शेर्पाको भनाई उद्धित गर्दै बैठक स्रोतले भन्यो ।

बैठकले आगामी आर्थिक बर्षका लागि ७० करोड ४१ लख १९ हजार ६ सय ५० रुपैयाँको एन्फाको बार्षिक बजेट पारित गर्दै अनुमोदनका आगामी साधारण सभामा पेश गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले कोरोना राहत कोषका लागि जिल्ला, क्लब, सदस्य समिति तथा विभिन्न अफिसियल तथा खेलाडीका लागि राहत वितरण गर्ने निर्णय गरेको छ ।

ष्ट्रिय टिमका ३५र३५ महिला र पुरुष खेलाडीलाई जनही १५ हजार खुराक खर्च प्रदान गरिने एन्फाले जनाएको छ । यस्तै, कार्यसमिति बैठकले फुटबल संघको आगामी साधारण सभा भाद्र ५ गते सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोनाको प्रभाव यथावत रहे भिडियो कन्फरेन्समार्फत साधारण सभा बैठक बस्नेछ ।