स्वास्थ्य

सतर्क छौं, डराउनु पर्दैनः डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

डा. रवीन्द्र पाण्डे/अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १७९८ पुगेको छ । संक्रमित ८ जनाको मृत्यु भएको छ भने २२१ जना निको भएर घर फर्किएका छन् । यसरी हेर्दा हाल सक्रिय संक्रमितको संख्या १५६९ छ ।

– यसप्रकार मृत्युदर ०.४ प्रतिशत छ । यी ८ जना मृतकको इतिवृत्ति राम्रोसंग केलाउने हो भने डेथ फ्रम कोभिड १९ को संख्या खासै छैन । यी केस डेथ विथ कोरोना भाइरस हुन् ।
–अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १७९८ पुगेको छ । संक्रमित ८ जनाको मृत्यु भएको छ भने २२१ जना निको भएर घर फर्किएका छन् । यसरी हेर्दा हाल सक्रिय संक्रमितको संख्या १५६९ छ ।

–अन्य देशको तुलनामा नेपालमा कोरोना संक्रमण जोखिम बर्गमा देखिएको छैन । नेपालमा २० बर्षदेखि ५० बर्ष उमेरका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । यी मध्ये ९० प्रतिशत भन्दा धेरै संक्रमितमा कोभिड १९ को लक्षण देखिएको छैन । सक्रिय उमेरका व्यक्ति भारत लगायत देशमा काम गर्न जाने, पढ्न जाने वा अन्य ब्यबसाय गर्न जाने भएकोले त्यहि बर्गमा संक्रमण धेरै देखिएको छ । यो उमेरका व्यक्तिमा दीर्घरोग कम हुन्छ । तसर्थ भन्न सकिन्छ, नेपालमा कोरोना संक्रमणको कारण धेरै जनाको मृत्यु हुँदैन ।

– भारत लगायत अन्य देशमा काम गर्ने १० लाखभन्दा धेरै नेपाली स्वदेश आउनको लागि प्रतिक्षारत छन् । तसर्थ केहि महिना संक्रमितको संख्या बढ्दै जानेछ । राज्यले ठूलो क्षमताका सुबिधा सम्पन्न क्वारेन्टाइन केन्द्रको प्रबन्ध गर्नु जरुरी छ । नेपाल भित्रिने पहिलो नाकाबाट सिधै क्वारेन्टाइनमा २ हप्ता राख्ने तथा त्यसपछि परिक्षण गरेर आफ्नो थातथलोमा पठाउने हो भने संक्रमितको संख्या त्यति धेरै बढ्ने छैन । तर राज्य अहिलेजस्तो योजनाविहीन बनिरह्यो भने यसले ठूलो क्षति गराउनेतर्फ हामी सचेत हुनु आबश्यक छ ।

– भारत तथा अन्य देशबाट आइरहेको तथा आउने नागरिक मध्ये ९० प्रतिशत गाउँमा जाने अवस्था छ । गाउँमा घरको दुरी टाढा हुने, को कहाँबाट कहिले आएको बारे थाहा हुने तथा क्वारेन्टाइनमा नबसि खुला हिंड्न नपाइने स्थिति भएको हुँदा‘ ‘स्थानीय संक्रमण’ कम हुने प्रक्षेपण गर्न सकिन्छ । सहरमा जस्तो द्रुत गतिले गाउँमा रोग सर्ने भीडभाड हुँदैन ।

– अधिकांश संक्रमित लक्षणविहिन भएको हुँदा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्ने सम्भावना थोरै हुन्छ । छोंटो समयको सामान्य बोलचालमा संक्रमण सर्दैन । अधिकांश लक्षणविहिनलाई खोकी । हाच्छ्युं घ्यारघ्यार नहुने भएकोले भाइरस सर्नको लागि पर्याप्त लोड पुग्दैन ।

– नेपाल आइपुग्दा संक्रमितको रोग सार्न सक्ने अबधि ११ दिन कट्ने भएकोले टेस्ट पोजिटिभ देखिएपनि अन्य व्यक्तिलाई रोग सर्दैन ।
– नेपालमा जनवरी तथा फेब्रुअरीमा कोरोना संक्रमणको पहिलो वेभ आइसकेको बिभिन्न तथ्यले पुष्टि गर्न सकिन्छ । केहि जनसंख्या पहिलो वेभले इम्युन भएका छन् । तसर्थ र्यापिड टेस्टमा हजारौंको एन्टिबोडी पोजिटिभ देखिएको छ । यो दोस्रो वेभले पनि जनसंख्याको केहि हिस्सालाई इम्युन बनाउने छ । यसै गरेर समाज क्रमशः इम्युन हुँदै जानेछ ।
– सामाजिक दुरी, मास्कको प्रयोग, सरसफाई, घरमा बस्ने बानी आदिले गर्दा सिधै संक्रमण हुनेको संख्या न्युनतम हुनेछ ।

– रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जो, बेसार, अमला, कागती, भिटामिन सि, भिटामिन डी खाने, घाम ताप्ने, ब्यायाम गर्ने, योग तथा ध्यान गर्ने लगायतका अभ्यास जीवनशैली हुन लागेका छन् अन्य देशको तुलनामा नेपालमा कोरोना संक्रमण जोखिम वर्गमा देखिएको छैन । नेपालमा २० बर्षदेखि ५० बर्ष उमेरका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । यी मध्ये ९० प्रशिदत भन्दा धेरै संक्रमितमा कोभिड १९ को लक्षण देखिएको छैन । सक्रिय उमेरका व्यक्ति भारत लगायत देशमा काम गर्न जाने, पढ्न जाने वा अन्य ब्यबसाय गर्न जाने भएकोले त्यहि बर्गमा संक्रमण धेरै देखिएको छ । यो उमेरका व्यक्तिमा दीर्घरोग कम हुन्छ्र तसर्थ भन्न सकिन्छ । नेपालमा कोरोना संक्रमणको कारण धेरै जनाको मृत्यु हुँदैन ।

–भारत लगायत अन्य देशमा काम गर्ने १० लाखभन्दा धेरै नेपाली स्वदेश आउनको लागि प्रतिक्षारत छन् । तसर्थ केहि महिना संक्रमितको संख्या बढ्दै जानेछ । राज्यले ठूलो क्षमताका सुबिधा सम्पन्न क्वारेन्टाइन केन्द्रको प्रबन्ध गर्नु जरुरी छ । नेपाल भित्रिने पहिलो नाकाबाट सिधै क्वारेन्टाइनमा २ हप्ता राख्ने तथा त्यसपछि परिक्षण गरेर आफ्नो थातथलोमा पठाउने हो भने संक्रमितको संख्या त्यति धेरै बढ्ने छैन । तर राज्य अहिलेजस्तो योजनाविहीन बनिरह्यो भने यसले ठूलो क्षति गराउनेतर्फ हामी सचेत हुनु आबश्यक छ ।

–भारत तथा अन्य देशबाट आइरहेको तथा आउने नागरिक मध्ये ९० प्रतिशत गाउँमा जाने अवस्था छ । गाउँमा घरको दुरी टाढा हुने, को कहाँबाट कहिले आएको बारे थाहा हुने तथा क्वारेन्टाइनमा नबसि खुला हिंड्न नपाइने स्थिति भएको हुँदा ‘स्थानीय संक्रमण’ कम हुने प्रक्षेपण गर्न सकिन्छ । सहरमा जस्तो द्रुत गतिले गाउँमा रोग सर्ने भीडभाड हुँदैन ।

–अधिकांश संक्रमित लक्षणविहिन भएको हुँदा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्ने सम्भावना थोरै हुन्छ । छोंटो समयको सामान्य बोलचालमा संक्रमण सर्दैन । अधिकांश लक्षणविहिनलाई खोकी, हाच्छ्युं, घ्यारघ्यार नहुने भएकोले भाइरस सर्नको लागि पर्याप्त लोड पुग्दैन ।

– नेपाल आइपुग्दा संक्रमितको रोग सार्न सक्ने अबधि ११ दिन कट्ने भएकोले टेस्ट पोजिटिभ देखिएपनि अन्य व्यक्तिलाई रोग सर्दैन ।
– नेपालमा जनवरी तथा फेब्रुअरीमा कोरोना संक्रमणको पहिलो वेभ आइसकेको बिभिन्न तथ्यले पुष्टि गर्न सकिन्छ । केहि जनसंख्या पहिलो वेभले इम्युन भएका छन् । तसर्थ र्यापिड टेस्टमा हजारौंको एन्टिबोडी पोजिटिभ देखिएको छ । यो दोस्रो वेभले पनि जनसंख्याको केहि हिस्सालाई इम्युन बनाउने छ । यसै गरेर समाज क्रमशः इम्युन हुँदै जानेछ ।

– सामाजिक दुरी, मास्कको प्रयोग, सरसफाई, घरमा बस्ने बानी आदिले गर्दा सिधै संक्रमण हुनेको संख्या न्युनतम हुनेछ ।
– रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जो, बेसार, अमला, कागती, भिटामिन सि, भिटामिन डी खाने, घाम ताप्ने, ब्यायाम गर्ने, योग तथा ध्यान गर्ने लगायतका अभ्यास जीवनशैली हुन लागेका छन् ।