राजनीति

राष्ट्रपतिलाई धनराजको ध्यानाकर्षणः एक करोडको गलैंचा फेर्नुअघि ‘भैसीगोठ’का कोरोना संक्रमित हेर्नुस्

१९ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले राष्ट्रपति कार्यालायमा एक करोडको गलैंचा खरिद गर्ने निर्णयको कडा शब्दमा आलोचना गरेका छन् ।

उनले बाग्लुङ जिल्लामा कोरोना संक्रमीतलाई भैंसीगोठमा आईसोलेशनको रुपमा राखिएको तस्विर हेर्न आग्रह गर्दै राष्ट्रपतिको पाउमा धुरो नलागोस् भन्दै ब्यंग्य गरेका छन् ।

नेता गुरुङले भनेका छन्, ‘महामहिम राष्ट्रपतिज्यु, जयनेपाल! राष्ट्रपति कार्यालयमा १ करोडको गलैंचा फेर्ने समाचार पढें।’ भन्दै समाचार पढ्दा दुःख लागेको संकेत गरेका छन् ।

उनले भनेका छन्, ‘महामहिम राष्ट्रपतिज्यु,जयनेपाल ! राष्ट्रपति कार्यालयमा १ करोडको गलैंचा फेर्ने समाचार पढें। यहाँको पाउमा धुलो नलागोस्। कामना छ। तर महामहिमको कार्यालयमा १ करोडको गलैंचा फेर्नु भन्दा पहिले दैलेखमा कोरोना पोजेटिभ भएकाहरुलाई राखिएको आइसोलेसन (भैंसीगोठ)तिर एक पल्ट नजर होस्। सरकारको काम !’