राजनीति

अर्थमन्त्रीले ल्याएको बजेट जनताका लागि भन्दा नेकपा कार्यकर्ताप्रति उत्तरदायीः डा संग्रौला

१९ जेठ, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा साँसद डा डिला संग्रौलाले अर्थमन्त्री डा युवराज खतिवडाले प्रश्तुत गरेको बजेट नेपाली जनताका लागि भन्दा पनि नेकपा कार्यकर्ता पोस्ने खाल्को भएको बताएकी छन् । उनले आक्रोशित हुँदै सरकारले ल्याएको बजेटले कोरोना संक्रमणपछिको समृद्ध नेपालको कल्पना गर्न नसकिने ठोकुवा गरिन् ।

साँसद डा संग्रौलाले राष्ट्रपति, प्रधानमन्त्री लगायत बिशिष्ट ब्यक्तीको तलव भत्ता कटौती गर्नुपर्ने माग गर्दै काँग्रेसले उठाएको संसद विकास कोषको रकम कोरोना कोषमा जम्मा गनुपर्छ भन्ने कुरालाई सरकारले एक कानले सुनेर अर्को कानले उडाएको बताईन् ।

नेतृ संग्रौलाले ४५ लाख भन्दा बढि नेपालीहरुले विदेशबाट पठाएके पैसाबाट उठेको रेमिट्यान्सले मुलुक चलेपनि उनीहरुका लागि सरकारले बजेटमा कुनै व्यवस्था नगरेको भन्दै बिरोध जनाईन् । उनले अर्थमन्त्रीले अपेक्षा गरेअनुसार वैदेशीक र आन्तरिक ऋण संकलन गर्न अप्ठ्यारोमात्र नभएर असम्भव नै भएको जिकिर गर्दै सरकारले कतिपय कुराहरु हुनै नसक्ने गरी ल्याएको बताईन् ।

आजको संसदमा बोल्दै नेतृ संग्रौलाले बजेटका धेरैजसो पक्ष अपारदर्शी, असन्तुलित, परम्परागत र संघीयता बिरोधी भएको आफूले बुझेको बताएकी छन् ।