विचार/ब्लग

राणाहरुको निरकुंश शासन टिकाउने शासकीय दस्तावेज ‘जातीयता’ अझैपनि सकृय

प्रकाश तिरुवा /कनाट बंशी राजा जयस्थिति मल्लको पालामा सुरुवात भएको जातीय व्यवस्थाको प्रभााव लोकतन्त्र स्थापना र मुलुमा सातवतटा संविधान कार्यान्वयन पछि पनि दलितले अझै जातकै आधारमा सम्मानजनका हैसियतप्राप्त गर्न सकेका छैनन् । जंगबहादुरको मनस्मृतिको आधार पत्रको रुपमा आएको मुलुकी ऐनको अवशेष अझै जिवन्त रहनु एउटा सिङ्गो मानव समुदायको लागि दुखद् कुरा हो । तत्कालिन मुलुकी ऐन राणा सरकारको राज्य संचालनार्थ निर्माण गरिएको संविधान थिएन, न त यसले नियमित रुपमा काम नै गथ्र्याे । बरु त्यो राणा सरकारको एकतन्त्रीय निरकुंश शासन टिकाउने शासकीय दस्तावेज थियो । जसले धर्मको अपब्याख्या गर्दै असली हिन्दुकरणसंगसंगै जातीय व्यवस्थालाई बोकेको थियो ।

मुलुकी ऐनको मुख्य अभिष्ट नै जातीय व्यवस्थाको मलजल गर्नु, व्यक्तिलाई जातिका आधारमा ठुलो -सानो, शुद्ध -अशुद्ध, चोखो -जुठो, पवित्र र अपवित्र भनि वर्गीकरण गर्नु थियो । समयक्रमसंगै विकसित मानसिकताले आजसम्म जातकै आधारमा भेदभावगरि रहेको छ । अझ रोचक त योे छ की, प्रकृतिको गर्भबाट उत्पत्ति भएको कोरोना एक न-एक दिन सकिने छ तर यो मानविय वेकार वा खराब मानसिकताको उपज जातीय छुवाछुत अन्त्य हुने निश्चित देखिँदैन ।

आधुनिकतामा आधारित समाजमा अझै मान्छेले जातकै आधारमा मृत्यु मरण गर्नु परेको छ । सवयंम् प्रकृति नै तीन वटा गुणबाट बनेको छ, सत्वगुण, रजोगुण र तमोगुण । यी गुणहरु भन्दा माथि शाश्वत समय छ र प्राकृतिक गुणहरु समय क्रमअनुसार चलेका छन् । अझ यी गुणहरुले समेत कर्ममा विश्वास गर्दछन् । एउटा कर्मरुपी मानव भएर निवर्तमान एक्काइसौँ शताब्दीमा एउटा सिंगो समुदायले जातकै आधारमा अपमान, घृणा र मृत्युमरण सहनु मानवियताको विपरित र मानव अधिकारको गम्भीर उलंघन हो । अझ नेपालले अंगिकार गरेको वर्तमान नीति र कानुनकोे विपरीत हो । कथित प्रजातन्त्रवादी र कम्प्युनिष्टको तुनामुनाका रुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रमा पनिजातकै आधारमा सामाजिक, आर्थिक र राजनीतिक अधिकारको समान रुपमा उपयोग गर्न नपाउनु एउटा नागरिकको नागरिक अधिकारको हनन् हो ।

मानवतावाद कति जिउँदो कति मृतः
रमाईलो त के छ भने समाजवाद उन्मुख भनिएको र विश्वकै उत्कृृष्ट संविधान हामिसँग छ । दलितसंग जोडिएका तमाम लिखित दस्तावेज र प्रतिवदृता पनि छन् तर कार्यान्वयन गर्न बसेकाहरुको मनस्थितिमा जिउँदा जाग्दो जंगबहादुर बेलाबेला बौरिन्छ । समान मर्यादका कुरा गर्नेहरु दलितलाई घोर जातिवादी देख्छन् । यसमा थोर बहुत दलितपनि जंग प्रेतका नश्लवादको सिनो बोकेर हिहेका छन् । अझ रोचक तथ्य यो छ की, विर्तामा आएजस्तै गरि जात व्यवस्था नभएको जनजातिमा समेत आजको आधुनिक समाजमा आएर ठूलो — सानो खाडललार्ई कायम राख्न जंगे उर्दी बोकी हिडेका छन् । यहाँ एउटा पशुको मृत्यु बरणमा दुखिने समाज ६ वटा सपना भेरीमा बग्दा अझै जातिवाद भन्दैछ । यहाँबाट स्पष्ट हुन्छ भने नेपाली समाजमा बिभेद अहिलेसम्म जिवन्त उर्दीमा जिवन्त रहन्छ भन्ने देखिँदैछ । त्यस्ता प्रकारको रितीतिथिलाई आजसम्म जिवन्त रहनु जातीयताको लागि दुर्गन्धीत छ । त्यस्तो प्रकारको रितितिथिलाई आजका मितिसम्म खस—आर्यले मलजल गरेको देखिन्छ । मितिसम्म खस—आर्यको मलजल गरेको देखिन्छ ।

कायमै सवाल जवाफहरु
प्रथा, परम्परा र संस्कृृतिका नाममा इतिहासमा दलितमाथि गरिएको बर्बर दमनको कुनै पनि बहानामा क्षमा दिन सकिदैन । नयाँ शासकीय व्यवस्था छ, सुधारिएको कानूनी व्यवस्था र संविधान तर सोच र व्यवहारमा जमेर बसेको पितृसत्ता र जातीय व्यवस्थामा आधुनिकतामा आधारित समाजमा पनि उहि जंगे कालकोे प्रतिमुर्ति आउँछ । एक्काइसौँ शताब्दीमा पनि दलितमाथि जातकै आधारमा वा दलित भएकै कारण छोइछिटो देखि ज्यान कै हत्यागर्न के ले प्रेरित गरेको छ ? यो स्पष्ट सकैले बुझेकै कुरा हो । घर देखि सत्तासम्मको यात्रामा एउटा सिंगो समुदायलाई गुमनाम बनाउनमा के ले रमलजल गरि राखेको छ ? यो सोचनिय विषयको रुपमा उदाएको छ । उग्रपंत्तिमा रहेका र समाजको आधुनिक लेपमा रंगएिका तमाम युवा नै यो विभेद झन अग्रस्थानमा छन् । आधुनिकतामा हिँडेको विश्वमा जात व्यवस्था एउटा मात्र समुदायको विकासको बाधक होइन, समग्र मानव समुदायको विकासको बाधक हो । यसका लागि किन प्रगतिशिल र प्रगतिवादी भनिएकाहरु नै अग्रपंक्तिमा छन् त ?
अब मानवता कता छ ? भन्ने प्रश्न सोध्ने बेला आएन र बौद्धिक बर्गलाई, चिन्ता लिने बेला आएन देशको र जनताको ठेक्का लिएका अग्रजहरुले ? मानिस ज
नमजात दलित ? कस्तो ब्यवस्था अनि कस्तो सामाजिक व्यवहार ? अझै हामी जन्मजातको जातीयतामा लागेर समाजलाई धमिल्याईरहने हो त?