अन्तर्राष्ट्रिय

जापानमा ५.६ म्याग्नीच्यूडको भूकम्प, अनुभव टोकियोसम्म

१९ जेठ, टोकियो । जापानमा राजधानी टोकियोको उत्तरपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार ५.६ म्याग्नीच्यूडको भूकम्प गएको छ ।
जापानको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प सोमबार बिहान २ बजेर ३२ मिनेटमा गएको थियो । भूकम्पको धक्का राजधानी टोकियो र आसपास अनुभव गरिएको थियो ।