पु.समाचार

कर्णालीमा फेरी थपिए ३२ जना कोरोना संक्रमीतः देशभर पुगे १६ सय १५

१९ जेठ काठमाडौं । कणाली प्रदेशमा फेरी ३२ जनामा कोरोना पुष्टि भएको छ । नयाँ संक्रमण पुष्टि भएसंगै कणार्लीमा जम्मा कोरोना संक्रमीत १ सय ९८ पुगेको छ ।

संक्रमीत हुनेहरुमा कर्णालि प्रदेशको दैलेख नारायण नगरपालिका वडा नं. १, ३, ४, ५, ८ र १० का १६ जना, महावु गाउँपालिका ३ का एकजना, सल्यान बनगाड कुपिण्डे नजरपालिकाका वडा नं. १, ३, ५, ६, र ७ का १० जना र सुर्खेतको बराहाताल गाउँपालिका वडा नं. १ र १० का पाँचजना पुरुष रहेका छन् ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका ३२ जनामा मध्ये सल्यानका १० जना, दैलेखका १७ जना र सुर्खेतका पाँच जनामा रहेको सामाजिक विकास मन्त्रालय अन्तरगतको जनस्वास्थ्य शाखा प्रमुख नवराज कंडेलले जानकारी दिए । यसअघि आईतबार राति ४३ जनामा कोरोना पुष्टि भएको थियो । यो संगै नेपालमा कोरोना संक्रमीतको जम्मा संख्या १६ सय १५ पुगेको छ ।