सामाजिक सञ्जाल

संग्रौलाको व्यंग्यः घरज्वाईँलाई खानको धन्दा भनेजस्तै राष्ट्रपतिलाई एक करोडको गलैंचा !

१९ जेठ काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले घरज्वाँईलाई खानको धन्दा भनेजस्तै राष्टपतिलाई एक करोडको गलैचा ! भन्दै व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त साहित्यकार संग्रौलाले राष्ट्रपति कार्यालयमा एक करोडको गलैंचा फेरिँदै गरेको प्रति व्यंग्य गर्दै कसलाई के को धन्दा कसलाई के को धन्दा भनेझैं खान पल्केकालाई खानकै धन्दा भन्दै टिप्पणी गरेका छन् ।

उनले लकडाउनमा सुत्केरी, मिर्गौँला, क्यान्सरका रोगी विना उपचार मरिरहेको, कोही भोकले मर्दै गरेको, कोही चिन्ताले आत्महत्या गर्न बाध्य भईरहेको बेला राष्टपतिले गलैंचामा मात्रै एक करोड खर्चिनु आपत्ति जनक भएको बताएका छन् ।

उनले भनेका छनः राष्ट्रपति चैँ छँदाखाँदाका गलैँचा बेचेर १ करोडका विलासी गलैँचा किन्दै १ हैट्,उपरवाली १ । देश कोरोना भाइरसविरुद्ध संघर्षमा रहेको वेला महँगा गाडी नकिन्ने भनेर बजेट फिर्ता गरेको राष्ट्रपति कार्यालयले गलैँचा फेर्न भने एक करोड खर्च गर्दै छ  ।

तीन वर्षअघि मात्र निर्माण सम्पन्न भएको भवनमा राखिएका गलैँचा फालेर कोठाहरू भव्य बनाउन थालिएको छ  । जसको अहिले चकाृे बिरोध भईरहेको छ ।

 

उनको ट्वीटः कसलाई के को धन्दा कसलाई के को धन्दा, खान पल्केकालाई खानकै धन्दा । लकडाउनमा सुत्केरी, मिर्गौँला, क्यान्सरका रोगी विना उपचार मरिराख्या छन् । कोही भोकले मर्दाछन्, कोही चिन्ताले आत्महत्या गर्दाछन् । राष्ट्रपति चैँ छँदाखाँदाका गलैँचा बेचेर ! करोडका विलासी गलैँचा किन्दै ! हैट्उ, उपरवाली !