समाचार

भैरहवामा उपचाररत २५ जना संक्रमीतले जिते कोरोनाः डिस्चार्ज गरियो

१९ जेठ काठमाडौं । भैरहवामा उपचाररत २५ जना संक्रमीतले कोरोना जितेर डिस्चार्ज भएका छन् । भैरहवाको भिम अस्पतालमा उपचाररत कोरोना जित्नेहरुमा ४ वर्षिया बालिका पनि रहेकी छन् ।

कोरोना निको भएकाहरुलाई सोमबार आज बिहान प्रदेश नम्बर पाँचका सामाजिक विकासमन्त्री सुर्दशन बराल र रुपन्देहीका प्रदेशसभा सदस्य सन्तोस पाण्डे अस्पतालमै पुगेर बिदाई गरेका हुन् ।

अस्पतालका अनुसार डिस्चार्ज हुनेहरुमा रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुुका ५, लुम्बिनी सा‌ंस्कृतिक नगरपालिकाका ४, नवलपरासीका ३, भारतीय नागरिक १, सिद्धार्थनगर नगरपालिकाका–१ र रुपन्देहीको कोटहीमाई गाउँपालिकाका १ जना डिस्चार्ज भएका हुन् ।

उनीहरुलाई गत वैशाख ३० गतेदेखि कोरोना संक्रमणको पुष्टि भएपछि उपचारका लागि अस्पतालमा ल्याइएको थियो । उक्त समुह एकसाथ डिस्चार्ज भएपछि भिम अस्पताल अहिले खाली भएको छ । रोजगारी कालागि भारतबाट गएका उनिहरु मुम्बईबाट लकडाउनकैबेला फर्किएका थिए ।