समाचार

बाँके बस दुर्घटनामा मृत्यु भएका १२ र अन्य २१ जनाको कोरोना परिक्षण गरिने

१९ जेठ काठमाडौं । बाँकेमा बस दुर्घटनामा मृत्यु भएकाहरुको कोरोना परिक्षण गरिने भएको छ । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा १२ जनाको मृत्यु भएको छ  । दुर्घटनामा मृत्यु भएका १२ जना र अन्य घाईते २१ जनाको कोरोना परिक्षण गरिने भएको हो ।

बाँकेका एसपी वीरबहादुर कोलीले मृतक र सबै घाइतेको कोरोना परिक्षण गरिने बताएका छन् । तर मृतकको सनाखत भने हुन बाँकी छ ।