अन्तर्राष्ट्रिय

कोरोनाको अवस्था हेरेर भारतका विभिन्न स्थानमा आजदेखी लकडाउन खुकुलो

१९ जेठ काठमाडौं । कोरोनाको अवस्था हेरेर भारते विभिन्न स्थानहरुमा आजदेखी लकडाउन खुकुलो बनाएको छ । ३० जुन अर्थात अँझै एक महिनासम्म लकडाउन यथावत रहेपनि कोराृेना संक्रमण धेरै फेलिएको स्थानलाईमात्रै लकडाउन यथावत रहेको भारतिय सञ्चारमाधयमले जनाएका छन् ।

भारतमा कोरोना माहमारीले झनै उग्ररुप लिँदै जाँदा सरकारभने संक्रमणको अवस्थाहेर्दै लकडाउनलाई खुकुलो पार्न अग्रसर छ । तर राज्यलाई कोरोना सङ्क्रमण रोकथामको लागि केही गतिविधिमा प्रतिबन्ध लगाउने अधिकार केन्द्र सरकारले दिएको छ । उच्च सङ्क्रमण फैलिएको ठाउँबाहेकमा मानिसले सामान्य जीवन बिताउन पाउने खबरमा उल्लेख छ ।

भारतको गृह मन्त्रालयले मल, होटल, रेष्टुरेन्ट र धार्मिकस्थल लगायतका ठाउँ अर्को हप्ता अर्थात ८ जुनदेखि खोल्न अनुमति दिइसकेको छ । तर स्कुल, कलेज लगायत शैक्षिक संस्था भने राज्य र केन्द्र शासित प्रदेशले छलफल गरेपछि जुलाईमा मात्र निर्णय हुने भारतीय संचारमाध्यमले जनाएका छन् ।

लकडाउन खुले पनि अन्तराष्ट्रिय हवाई उडान, स्वीमिङ पुल, मनोरन्जन पार्क, सिनेमा घर, बार लगायत भने अझै बन्द नै हुनेछन् । भारतमा अहिलेसम्म १ लाख ९० हजार ६ सय ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ५ हजार ४ सय ८ जनाको मृत्यु भईसकेको छ ।