राजनीति

एमसीसीका विरुद्ध विप्लव नेकपाः सम्झौता जलाउनेसम्मका यस्ता छन्, कार्यक्रम!

१९ जेठ काठमाडौं । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीको बिरुद्धमा सम्झौता जलाउनेदेखी विभिन्न संघार्षका कार्यक्रम घोषणा गरेको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द बिप्पवले बिज्ञप्ति जारी गर्दै सम्झौताको विरुद्धमा प्रधानमन्त्रीओली र कांग्रेस सभापती देउवाको पुत्ला दहनदेखी एमसीसी सम्झौता जलाउनेसम्मका कार्यक्रमको घोषणा गरेका हुन् ।

एमसीसी सम्झौता राष्टको हित बिपरित भएकाले पास गर्नु नहुनेमा जोड दिँदै आएको नेकपाले ओली सरकार पास गराएरै छाड्ने अडानमा अडिएपछि सरकारको बिरोध जनाउँदै आईरहेको छ । उक्त सम्झौताको बिरोधमा बिप्लवले विज्ञप्तिामार्फत २०७७ जेठ १९ र २० गते एमसीसी सम्झौता जलाउने, जेठ २१ गते केपी र शेरबहादुर देउवाको पुतला जलाउने, जेठ २२ गते पर्चा वितरण तथा बेलुका मशाल जुलुस निकाल्ने, जेठ २८ गते पोस्टर टाँस्ने र विभिन्न सङ्घर्षहरूसहित आमहडतालसम्म गरिने जानकारी दिएका छन् ।

महासचिव बिप्लवले एमसीसी जस्तो राष्ट्रघाति सम्झौता कुनैपनि हालतमा पास नगर्न ओली सरकारलाई पुनः आग्रह पनि गरेका छन् । अन्यथा सरकारले आफ्नो मागको बेवास्ता गरी उक्त सम्झौतामा सहिछाप गरे कडा प्रतिरोध गर्ने चेतावनी दिँदै उक्त बिरोधबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार, संसद् र अनुमोदन गर्ने पार्टीहरू हुनुपर्ने चेतावनी पनि महासचिव विप्लवले दिएका छन् ।

विप्लवले जनमतविपरीत एमसीसी पास गरिएमा नेपाली देशभक्त आमनागरिक, बुद्धिजीवी, राष्ट्रिय पार्टीहरूलाई स्वाधीनताका पक्षमा अविलम्ब सशक्त प्रतिरोधमा उत्रन पनि अनुरोध गरेका छन् । एमसीसीको विरुद्ध सत्तारुढ नेकपाका भित्रैपनि विभिन्न नेताहरु पास गर्न हुँदैन भन्नेमतमा रहेको प्रति उनले खुसि व्यक्त गरेका छन् ।