आर्थिक

सबै व्यापार/उद्योग बन्द भएका बेला करमात्रै संकलन गर्न खोज्नु राम्रो होईनः उद्योगपति चौधरी

१८ जेठ, काठमाडौँ । उद्योगपति एबम् नेपाली काँग्रेसका साँसद बिनोद चौधरीले आजको प्रतिनिधिसभा बैठकमा आगामी वर्षको बजेटमा १० खर्ब रुपैयाको प्रक्षेपण राजस्व संकलन सफल नहुने दाबी गरेका छन् ।

कोरोना महामारीका कारण भएको लकडाउनले नेपालमा सबै खाले उद्योग धन्दाहरु बन्द भएपछि समस्या देखिख्दापनि करमात्रउठाउने लक्ष राख्नु सरकारको नियत ठीक नभएको उनले बताएका छन् । नेपालमा आस्पताल, खाद्यान्न तथा ठूला व्यवसायहरु लकडाउनकोे कारणले चल्न नपाएपछि सामानहरु एक स्थानबाट आर्को ठाउँ पठाउन नसकेको उनले बताएका छन् ।

नेपालमा हरेक व्यवसायहरु बन्द भएको तर व्याज र बत्तिको मिटर चाहि चालु भएको उनले बताएका छन् । यस्तै गरी आगामी दिनहरुमा पनि यतिकै कठनि अवस्था भयो भने नेपालको रेमिटन्स घट्न सक्छ जसले गर्दा धेरै मानिसहरले आफ्नो रोजगारी गुमाउन सक्छन् यी कुराहरुमा नेपाल सरकारले धेरै प्रथामिकता दिनुपर्छ भन्ने उनको भनाई रहेको छ । नेपाल एक कृषि प्रधान देश भएको बताउँदै नेपालमा व्यवसाय नभएर बसेको मानिसहरुलाई कृषि क्षेत्र श्रृर्जना गरेर रोजगार दिन सकिन्छ भन्ने उनले धारणा राखेका छन् ।

साँसद चौधरीले स्वप्नदर्शी हुनुपर्ने, आशाबाद्यी हुनुपर्ने बताएपनि त्यसको धरातललाई पनि कसैले बिर्षन नहुने विचार राखेका थिए ।