पु.समाचार

संबिधान संसोधन विधेयस कानून मन्त्री डा तुम्बाहाङ्फेले गरिन पेश

१८ जेठ, काठमाडौ । कानून मन्त्री डा शिवमाया तुम्बाहाङ्फले निशाना छापमा नेपालको झण्डा राख्ने बिधेयक पास गर्नका लागि संसदमा संबिधान संसोधन विधेयक पास गरेकी छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शनिबार राती संबिधान संसोधनका पक्षमा मतदान गर्ने निर्णय गरेसँगै सरकारलाई झण्डै सर्बसम्मतीमा नै संबिधान संसोध गर्न संसद संख्या पुग्ने भएपछि सरकारले आँट गरेको हो ।

लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समाबेश गरी निशाना छापमा राख्न संबिधान संसोधन गर्नुपर्ने कानूनी बाधयता भएकोले संबिधान संसोधनका लागि दुईतिहाई मत आवश्यक पर्दथ्यो, राप्रपाले यस अघि नै संबिधान संसोधनका पक्षमा सरकारलाई समर्थन गर्ने बताईसकेको छ भने काँग्रेसले पनि साथ दिएपछि दुई तिहाई भन्दा बढी मत पुग्दछ ।

समाजबादी जनताले सरकारलाई समर्थन गर्ने वा नगर्ने टुंगो नलगाएको भएपनि अन्य राजनीतिक दलहरु सबैले समर्थन जुटाईसकेका छन् । यसबाट संबिधान संसोधन कन्फर्म भएको छ।