राजनीति

अर्थमन्त्री खतिवडा दुई तिहाईको सरकार डुवाउने ईमान्दार कर्मचारी मात्रः डा आचार्य

१७ जेठ काठमाडौं । साझा पार्टीका प्रवक्ता डा.सुर्यराज आचार्यले अर्थमन्त्री युवराज खतिवडा दुई तिहाईको सरकार डुवाउने ईमान्दार कर्मचारी मात्र देखिएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त प्रवक्ता आचार्यले आर्थिकरविकास नीति र एमसीसी बारेको अर्थमन्त्रीको सोचर शैली देख्दा खतिवडा दुई तिहाईको सरकार डुवाउने ईमान्दार कर्मचारी मात्र देखिएको बताएका हुन् ।

उनले भनेका छन्ः आर्थिकरविकास नीति र एमसीसी बारेको अर्थमन्त्रीको सोचरशैली देख्दा उहाँ अहिलेको नेपालको अवस्थाको भिजनरीरविद्वान अर्थमन्त्री भन्दा अर्थ मन्त्रालायको एक इमान्दार र कुशल कर्मचारीको भूमिकामा देखिनु भएको छ । जसको कारण दुई तिहाईको सरकारलाई डुबाउनेमा अर्थमन्त्रीको महत्वपूर्ण योगदान हुने बताएका छन् ।

 

उनको ट्वीटः यति सम्म भन्नै पर्यो ! आर्थिक/विकास नीति र एमसीसी बारेको अर्थमन्त्रीको सोचरशैली देख्दा उहाँ अहिलेको नेपालको अवस्थाको भिजनरी र विद्वान अर्थमन्त्री भन्दा अर्थ मन्त्रालायको एक इमान्दार र कुशल कर्मचारीको भूमिकामा देखिनु भएको छ । २/३ को सरकारलाई डुबाउनेमा उहाँको महत्वपूर्ण योगदान ।