पु.समाचार

क्वारेन्टाईनमा रहेका युवकको मृत्युः कोरोना भए-नभएको पुष्टि हुन बाँकी

१७ जेठ काठमाडौं । दैलेखको दुल्लु नगरपालीका ७ मा रहेको क्वारेन्टाईनमा बसेका एक युवकको मृत्यु भएको छ । भारतबाट फर्किएर क्वारेन्टाईनमा बसेका दैलेकमा ति युवकको शनिबार (आज) बिहान मृत्यु भएको हो ।

यद्यपी उनमा कोरोना भए–नभएको पुष्टि हुन बाँकी छ । मृतकको व्यक्तिको बिहिबार नै कोरोना जाँचका लागि स्वाब संकन गरिएको थियो रिपोर्ट आउन बाँकी छ ।

स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशालामा पठाइएको छ । ३५ वर्षका ति युवक १० दिनअघि भारतबाट नेपाल आएका थिए ।