समाचार

झापामा २७ जना कोरोना संक्रमीत रातैभरी अस्पताल बाहिर

१७ जेठ काठमाडौं । २७ जना कोरोना संक्रमीतलाई अस्पतालले बेवास्ता गर्दै रातभर बाहिर छाडिदिएको छ । शुक्रबार राति करिब १० बजे झापाबाट धरान पुगेका २७ जना कोरोना संक्रमीतलाई केहि खाना पनि नदिएर रातभरी नै अस्पताल बाहिरै राखेको खुलेको छ ।

कोरोना संक्रमण देखिएपछि शुक्रबार झापाको कचनकवल गाउँपालीकाबाट धरान पठाईएका संक्रमीतलाई विपि कोईराला विज्ञान प्रतिष्ठानले भर्ना नलिएर अस्पताल बाहिरै बसालेको थियो । प्रतिस्ठानका प्रवक्ता डा दिनेश सापकोटाले भने अस्पतालमा तयारी अवस्थामा बेड अभावका कारण भर्नालिन नसकेको बताएका छन् ।

उक्त अस्पतालमा अहिले ६७ जना संक्रमीत उपचाररत रहेका छन् । उता प्रदेश १ का सामाजिक विकाशमन्त्री जिवन घिमिरेले अस्पतालको उक्त कार्य लापरबाहिको पराकाष्ट भएको बताएका छन् ।