समाचार

कालापानी, लिपुलेक र लिम्पियाधुरामा समर्थन गर्न आज बस्दैछ कांग्रेस बैठक

१७ जेठ काठमाडौं । कालापानि, लिपुलेक र लिम्पियाधुरामा सरकारलाई सर्मथन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय सदस्य बैठक आज बस्दै छ ।

सरकारले गत शुक्रबार संसद सचिवालयमा दर्ता भएको संविधान संसोधन विधेयकको विषयमा छलफल गर्न  पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, र कालापनी समेटेर सरकारले गत बुधबार नयाँ नक्सा जारी गरेपछि निसान छाप परिवर्तन गर्न भन्दै सरकारले गत शुक्रबार संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराएको थियो । तर अन्त्यमा आएर सरकारले संसदको कार्यसुचिबाट हटाएको थियो ।

नेकपाले भने संविधान संसोधन गर्नकालागि कांग्रेसका सभापती देउवाले समय मागेकाले सो विषयलाई कार्यसुचिवाट हटाएको दाबी गरेका छन् । ओली नेतृत्वको सरकारसंग अहिले दुईतिहाई छैन तर संविधान संसोधनका लागि दुई तिहाई मतको आवस्य पर्दछ ।

आजको कांग्रेस बैठकले संविधान संसोधनका लागि सरकारलाई समर्थन जनाएमा नेकपालाई पुनः संविधान संसोधनका लागि बाध्यता हुनेछ ।