प्रवास

कालापानी लिपुलेक लिम्पियाधुरा सम्बन्धि नासाको गम्भीर ध्यानाकर्षण र आपत्ति

१७ जेठ काठमाडौं । अमेरिकाको नेपालिज् एसोसियसन ईन साउथईष्ष्ट अमेरिका (नासा)ले नेपाल र भारतको कालापानी,लिपुलेक लिम्पियाधुरा सम्बन्धि सीमाना विवाद बिषयमा एक छापा विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति समेत जनाएको छ ।

नासाका अध्यक्ष बिनय अर्याल तथा महा सचिव कृष्ण श्रेष्ठ द्वारा हस्ताक्षर गरिएको उक्त बिज्ञप्तिमा हालै अन्तरराष्ट्रीय सिमानाको सत्य र तथ्यलाई समेत वास्ता नगरि एक पक्षिय ढंगले मित्रराष्ट्र भारतले नेपालको भूमिमा बाटो बनाई भुमी समेत अधिकरण गरेको प्रति नेपालिज् एसोसियसन ईन साउथईष्ष्ट अमेरिका (नासा) को गम्भीर ध्यानाकर्षण र आपत्ति रहेको जनाएको छ ।

बिबादित बिषय यथाशीघ्र सभ्य र सौहार्दपूर्ण बाताबरणमा राजनैतिक र कुटनैतिक तबरबाटै समाधान होस् र नेपालको भुमी फिर्ता होस् भन्ने नासाको अधिकारिक धारणा रहेको जानकारी गराएको छ ।