पर्यटन/संस्कृति

श्री पशुपतिनाथले सबैको कल्याण गर्नुहोस्

पूर्णिका शाह
? शुभ प्रभात

हामी नेपालीहरुमा एउटा ठूलो समस्या छ जस्तो लाग्छ । जुन कुरा हाम्रो दिमागमा कसैको डिजाइनमा जबर्जस्ती छिराइएको हुन्छ त्यो भन्दा अर्को कोणबाट हामी सोच्न नै सक्दैनौ ।

रुकुमको घटनामा सुनार , बिश्व्कर्मा आदिको मात्र हत्या भएको छैन । हत्या हुनेमा ठकुरी, मगर लगायत अन्य जात पनि छन् । केटा पक्षलाई आक्रमण गर्नेहरुमा ठकुरी मात्र छैनन अन्य जात पनि छन् ।

हत्या गर्नेहरु हर हालतमा उम्कनु हुँदैन । त्यसमा कुनै दल, जात र पहिचानकै आधारमा दोशि उम्कने षडयन्त्र हुनलाग्यो भने हामी सबैले आवाज उठाउनुपर्छ ।

तर, सोही गाउँमा दोषी भनिएकै केटिको दिदी लगायत छिमेकमा अन्तरजातिय बिवाह मज्जाले भएको र सन्तान समेत स्विकारेर मामाघर आएको प्रमाण देखिन्छ ।

यो नितान्त दुई परिवार बिचको दुश्मनी हो भन्ने आधारहरु प्रमाणित हुँदै पनि गएका छन् ।

यहाँ केटा पक्ष जुन जात भएको भएपनी परिणाम उही हुन सक्थ्यो । जातिय राजनिती पछि छिराइएको हो ।

देशमा जातिय विभेद होला , तर जातकै कारणले उनको हत्या भएको हो भन्नू अघि हत्या गर्नेहरु र हत्या भएकाहरु सबैको जात पनि केलाउन जरुरी छ ।

आइ एन जि ओ र पश्चिम मुलुकहरुको लगानिमा देशमा जात जात बिच द्वन्द गराउन भएको ग्र्याण्ड डिजाइनलाई हामी नेपालीले बुझ्न नसक्नु ज्यादै दुखद छ ।

नत्र , ठकुरि र बिश्वकर्मा बिचको बिवादमा बाहुनवाद भन्दै बाहुनले गाली खानु, हिन्दु धर्म नै ठिक छैन भन्ने नारा आउनु र धर्मले गाली खानु संयोग मात्र हुन सक्दैन ।

यहि धर्मले बसुधैव कुटुम्बकम अर्थात बिश्वभरिका सबै हाम्रा मित्र हुन् भनेर सिकाएको छ । यहि धर्ममा श्री रामले सवरि भन्ने सार्की जातकि महिलाको जुठो खानुभएको छ र मानिसको जात हुँदैन भनेर देखाउनुभएको छ ।

यहि धर्ममा श्री बिश्वामित्र क्षेत्री कुलमा जन्मिएर पनि ब्राह्मण बनेका छन र श्री परशुराम ब्राह्मण कुलमा जन्मिएर पनि क्षेत्री बनेका छन् ।

कतै हामिले हाम्रै धर्मलाई बुझ्न र अध्ययन गर्न नसकेको त हैन रु

यो विभेद त मानिसको दिमागमा रहेको र पछि छिराईएको नकारात्मक सोच मात्र हो ।

मेडिया कुनैपनि देसको सबैभन्दा ठूलो शक्ति हो तर यहाँ मेडियाहरु नै सबै भन्दा धेरै परिचालित पनि भएका छन् ।

देशमा ब्यवस्था परिवर्तनको नाममा विदेशी रकमबाट परिचालित मेडियाकर्मिहरु नै अहिले जातिय द्वन्द फैलाउन परिचालित उनिहरुबाट नै भएका छन् । यो तितो यथार्थ हो ।

त्यसैले जातिय द्वन्द, धार्मिक द्वन्द निम्त्याउने खालका काम र कुनै निस्चित धर्मलाई वा जातलाई गाली दिँदै सराप्ने काम बन्द गरौं ।

जातिय विभेद छ भने त्यसलाई अन्त्य गरौं तर कुनै निस्चित जात र धर्मलाई जोड्न र गाली दिन जरुरी छ जस्तो हामिलाई लाग्दैन । यसो गर्दा झन् हिंशा फैलने डर हुन्छ ।

मानिसको मृत्यु भएकोलाई मानिसको मृत्यु भएको भनौं , दलीतको मृत्यु भएको नभनौ। यसरी हामी आफैले विभेद निम्त्याउदै छौं ।

यत्ती बोल्दा र लेख्दा गालीको वर्षा हुनसक्छ । तर, जुन दिशामा हामी जाँदै छौं । जसरी हामी कुनै कुराको अध्ययन नगरी मेडियामा जे आउँछ त्यसैलाई बिश्वास गर्दै गएका छौं , यसले हामिलाई चेतनशील बन्न कहिल्यै दिँदैन । यसले देशमा एक दिन ठूलो द्वन्दको निम्ता गरिरहेको छ ।

अब यदि दलीत मुक्तिकै लागि आन्दोलन गर्ने हो भने बि।के हैन बिश्वकर्मा थर लेखौं ।

अझ आफ्नो नामको पछि कामी, सार्की , दमाई , डुम सबै लेख्ने हिम्मत गरौं र आफ्नो जातमा गर्व गरौं । जात लुकाएर नहिडौ ।

जसले जात कै आधारमा विभेद गर्छ उसलाई सामाजिक बहिस्कार गरौं र सबैभन्दा ठूलो कुरा , यो दलीत भन्ने शब्द खारेज गरौं ।

जबसम्म हामिले यो गर्न सक्दैनौं । तबसम्म जातिय विभेद अन्त्य हुँदैन । आफ्नो जात लुकाएर त्यसमा गर्व गर्न नसकेर र त्यसलाई नयाँ नाम दलीत र पिछडिएको वर्ग भन्दै आफैं जबर्जस्ति हेपिएर हामी अघि बढ्दै जाने हो भने जति अरु जात र धर्मलाई गाली दिएपनी यो विभेद अन्त्य हुनेछैन ।

पहिले आफुले आफ्नो जातमा गर्व गरौं । यत्ती गर्दा पनि विभेद गर्छ कसैले भने तुरुन्त उस विरुद्ध मुद्दा दर्ता गरौं ।

सबैको जय होस् ।
श्री पशुपतिनाथले सबैको कल्याण गर्नुहोस्
जय देश, जय जननी

पूर्णिकाको फेसबुकबाट
(शाह पुर्ब राजा ज्ञानेन्द्र शाहकी नाथिनी एबम् पुर्व युवराज पारसशाहकी छोरी हुन् । )