पु.समाचार

एमसीसीमा पार्टीभित्रै बिवाद चर्किएपछि नेकपाको सचिवालय बैठक केहिबेरमा बस्दै

१७ जेठ काठमाडौं । एमसिसिको विषयमा पार्टीभित्रै बिरोध भएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आकस्मीक सचिवालय बैठक बोलाएको छ ।

बिहान ९ बजे बालुवाटारमा बस्ने बैठकमा एमसीसीका विषयमा साझा धारणा बनाउने प्रयत्नबारे छलफल हुने पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् ।

एमसीसीको विषयमा पार्टीभित्रै दुईधार देखिएको बेला उक्त विषय बजेटमा नै समीटिएपछि नेकपाभित्रै झनै बिबाद चर्किएको छ । बैठकमा संविधान संशोधन विधेयक, कोरोना भाइरसको महामारी रोकथाममा सरकारले चालिरहेका कदम लगायतका विषयमा छलफल हुने बताइएको छ ।

एमसीसीको विषयलाई लिएर सरकारको चौतर्फि आलोचना भईरहेको छ भने राष्ट हित बिपरित भएकाले पास गर्न नहुनेमा धेरैको मत छ । भने प्रतिपक्षी दल कांग्रेस र ओली सरकार भने एमसीसी पास गर्ने दाउमा छ । नेकपाभित्रै पनि कयौं नेता कार्यकर्ता एमसीसीको बिरोधमा छन् ।