राजनीति

गुरुङ आक्रोशितः भाषणमा भ्रष्टाचारको बिरोध गर्ने तर बजेटमै नीतिगत भ्रष्टाचार ?

१६ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले बजेट भाषणमा भ्रष्टाचारको बिरोध गर्ने तर बजेट भाषणमै नीतिगत भ्रष्टाचार ? भन्दै प्रश्न गरेका छन् ।

उनले बिद्युतीय गाडीलाई भारी भान्सार कर लगाउनु गैरबिद्युतीय गाडी आयातमा प्रोत्साहन भएको भन्दै उक्त कार्यले नीतिगत भ्रष्टाचार भएको बताएका छन् ।

नेता गुरुङले गैरबिद्युतीय गाडी कम्पनीका एजेन्टहरुबाट अरबौं चलखेल भएको देखिने दाबी गर्दै अब लौ ओम्नी मन्त्र जपौं भन्दै नेकपा नेतृत्वको केपी शर्मा ओली सरकारलाई व्यँग्य गरेका छन् ।

नेता गुरुङ भन्छन्ः बजेट भाषणमा भ्रष्टाचारको बिरोध गर्ने तर बजेट भाषणमै नीतिगत भ्रष्टाचार ? बिद्युतीय गाडीलाई भारी भान्सार कर लगाउनु गैरबिद्युतीय गाडी आयातमा प्रोत्साहन हो। यो नीतिगत भ्रष्टाचार हो। अर्थात गैरबिद्युतीय गाडी कम्पनीका एजेन्टहरुबाट अरबौं चलखेल भएको देखिन्छ। लौ ओम्नी मन्त्र जपौं।