खेलकुद

स्थगित स्पेनिस ला लिगा फुटबल जुन ११ बाट सुचारु हुने

एजेन्सी । कोरोना भाईरसको महामारीपछि स्थगित स्पेनिस ला लिगा फुटबल जुन ११ बाट सुचारु हुने भएको छ । ला लिगाका अध्यक्ष जाभियर टेबासले ला लिग जुन ११ बाट सुचारु हुने बताएका हुन् ।

स्पेनिस न्युजपेपर मार्कासँग कुरा गर्दै अध्यक्ष टेबासले जुन ११ बाट लिग सुचारु र सेप्टेम्बर १२ बाट नयाँ सिजन सुचारु हुने बताएका हुन् ।

बन्द रंगशालामा सुचारु हुने ला लिगाको पहिलो खेल रियल बेटिस र सेभियाबीच हुने टेबासको भनाई छ । स्पेनिस प्रधानमन्त्री पेड्रो सान्चेजले शनिबार स्पेनिस शीर्ष डिभिजनका दुई लिग जुन ८ बाट सुचारु गर्न अनुमति दिएका थिए । ला लिगा गत मार्च १२ बाट स्थगित गरिएको थियो ।

यस सिजन बार्सिलोना रियल मड्रिड भन्दा २ अंकले अघि रहेको छ । दुबैले ११ खेल खेल्न बाँकी रहेको छ ।